कारोबार


नेप्से घट्यो, कारोबार ओर्लियो : यस्तो रह्यो बिहीबारको सेयरबजार

नेप्से घट्यो, कारोबार ओर्लियो : यस्तो रह्यो बिहीबारको सेयरबजार

नेपालखबर
फागुन १, २०८१ बिहिबार १५:१०, काठमाडौँ

सेयरबजारमा ७.२६ अंकको गिरावट आएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा पुगेको छ। 

बिहीबार सूचकसँगै कारोबार रकम समेत घटेको छ। अघिल्लो दिन झण्डै ९ अर्बको कारोबार भएको बजारमा साताको अन्तिम दिन भने झण्डै ८ अर्बको कारोबार भएको छ। 

नेप्सेका अनुसार १ करोड ५८ लाख कित्ता सेयर बिक्रीपछि ७ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको हो। 

यस कारोबारमा ७६ वटा सेयरको मूल्य बढे पनि १६२ वटाको घटेको र ६ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। लगानीकर्ताले आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३४ करोडको कारोबार गरेका छन्। यो कम्पनीको प्रतिकित्ता मूल्य १ हजार ४१५ रुपैयाँ छ। 

त्यसपछि दोस्रो ठूलो कारोबार सीएचडीसीको भएको छ। कम्पनीको २ हजार १७५ रुपैयाँ अन्तिम मूल्य पुगेको सेयर आज २६ करोड बढीको कारोबार भएको छ। 

यसबाहेक राधी जलविद्युतको २० करोड, सिन्धु विकास बैंक र सीएफसीएलको समान १९ करोडको कारोबार भएको छ। 

बिहीबार दुईवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो। जसअनुसार मातृभूमि लघुवित्त र कुमारी सबल योजनाको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले प्रतिकित्ता १२८ र ०.८८ रुपैयाँ आम्दानी गरे। 

त्यसैगरी गार्डियन माइक्रोलाइफ र पोखरा फाइनान्सका लगानीकर्ताले पनि आज ९ प्रतिशत बढी प्रतिसेयर आम्दानी गरेका छन्। 

तर आज ङादी पावर लिमिटेडका लगानीकर्ताले भने १० प्रतिशत गुमाएका छन्। यो भनेको प्रतिकित्ता ८६.८० रुपैयाँ हो। 

यसबाहेक अन्य लगानीकर्ताले अधिकतम ४.९० प्रतिशतसम्म मात्र गुमाएको नेप्सेले जनाएको छ। 

बिहीबार फाइनान्स समूह १.८८, माइक्रोफाइनान्स ०.१७ प्रतिशतले हरियो छन्। बाँकी सबै उपसूचक राताम्य हुँदा नेप्से पनि घट्न पुगेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad