कारोबार


आईएमई लाइफले गर्‍यो सेयरधनीलाई २१ प्रतिशत नगद लाभांशको प्रस्ताव

आईएमई लाइफले गर्‍यो सेयरधनीलाई २१ प्रतिशत नगद लाभांशको प्रस्ताव

नेपालखबर
माघ ३०, २०८१ बुधबार १३:५१, काठमाडौँ

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई नगद लाभांशको प्रस्ताव गरेको छ। 

कम्पनीको २९ गते बसेको सञ्चालक समिति बैठकले २१.०५२६४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। 

यो कर प्रयोजनका लागि समेत रहेको कम्पनीले उल्लेख गरेको छ। 

आर्थिक वर्ष २०८०÷०८ को वित्तीय विवरणबमोजिमको वितरणयोग्य मुनाफाबाट लाभांश बाँड्ने प्रस्ताव गरिएको छ। यसअनुसार हाल कायम चुक्ता पुँजी ५ अर्बको उक्त दरले नगद वितरण गरिनेछ। 

यो भनेको १ अर्ब ५ करोड २६ लाख ३२ हजार रुपैयाँ वितरण गरिनेछ। यसका लागि नेपाल बीमा प्राधिकरणले उक्त आवको वित्तीय विवरण स्वीकृत गर्नुपर्नेछ भने त्यसपछि बस्ने वार्षिक साधारणसभाबाट यो निर्णय पारित भई कार्यान्वयन हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad