सेयरबजारमा सोमबार पनि गिरावट आएको छ। साताको पहिलो दिन नै घटेर सुरु भएको सेयरबजार आज पनि १०.९८ अंकले ओरालो लागेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से फेरि २७ सय विन्दुबाट झरेर २६७७.३२ विन्दुमा पुगेको छ। सोमबार १ करोड ४४ लाख कित्ता सेयर बिक्रीबाट ६ अर्ब ९६ करोड रुपैयाँको कारोबार भएको हो।
आज बजारमा ७७ वटा सेयरको मूल्य बढ्यो भने १६१ वटाको घट्यो। ६ वटाको भने उही मूल्यमा कारोबार भएको नेप्सेले उल्लेख गरेको छ। आज गार्डियन माइक्रो लाइफ र ङादी पावरको सेयर १० प्रतिशतले बढे पनि बाँकी सेयर ८.८४ प्रतिशतसम्म मात्र बढे।
आज बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको सेयरमा भने नकारात्मक सर्किट लाग्यो। सर्वाधिक कारोबारमा आज २४ करोडसम्मको मात्र कारोबार भएको छ।
132
Shares

प्रतिक्रिया