कारोबार


५ वर्षमा पहिलोपटक भारतीय रिजर्व बैंकले घटायो ब्याजदर

५ वर्षमा पहिलोपटक भारतीय रिजर्व बैंकले घटायो ब्याजदर

नेपालखबर
माघ २५, २०८१ शुक्रबार १४:३०, काठमाडौँ

भारतीय रिजर्व बैंकले पाँच वर्षमा पहिलोपटक ब्याजदर घटाएको छ। 

आर्थिक वृद्धिदरमा आएको सुस्ततालाई दृष्टिगत गर्दै केन्द्रीय बैंकले ब्याजदर कटौती गरेको हो। 

बैंकले आफ्नो रिपो दरलाई ६.५ प्रतिशतबाट घटाएर ६.२५ प्रतिशत बनाएको छ। यो दर भनेको केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई सापटी दिने एक तह हो। 

पछिल्लो चार वर्षयताकै कम ६.७ प्रतिशत मात्र आर्थिक वृद्धिदर भइरहेको बेला ब्याजदर कटौती भएको हो। 

गभर्नर सञ्जय मलहोत्राले केन्द्रीय बैंकको नीतिगत अडान तटस्थ रहेको उल्लेख गर्दै वृद्धिदरलाई सहयोग गर्न खुल्ला रहेको बताए। 

उनको यो भनाइले थप ब्याजदर कटौती हुनसक्ने देखिएको छ। 

यो कटौतीले कम्पनीहरुका लागि सापटी लागत कम गर्नुका साथै धितो र क्रेडिट कार्डको ब्याजदर समेत कम गर्नेछ। 

यसअघि नगद अभाव पूर्तिका लागि घरेलु बैंकिङ प्रणालीमा १८ अर्ब अमेरिकी डलर राखिएको थियो। 

ब्याजदर कटौतीबाहेक मुद्रासञ्चिति अनुपात पनि घटाइएको छ। 

युनियन बजेटबाट मध्यमवर्गका लागि १२ अर्ब डलर कर कटौती भएपछि केन्द्रीय बैंकले ब्याजदर घटाएको बुझिएको छ। 

नरेन्द्र मोदी सरकारले बजेट घाटा घटाउन खर्च घटाउने नीति लिएको छ। भारतीय अर्थविद्हरुले केन्द्रीय बैंकबाट थप ब्याजदर कटौतीको अपेक्षा गरेका छन्। बीबीसी  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad