कारोबार


नेपाल बिमक संघको अध्यक्ष बने वीरेन्द्र बैदवार क्षेत्री

नेपाल बिमक संघको अध्यक्ष बने वीरेन्द्र बैदवार क्षेत्री

नेपालखबर
माघ २५, २०८१ शुक्रबार १३:४९, काठमाडौँ

नेपाल बिमक संघको अध्यक्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदबार क्षेत्री निर्विरोध चयन भएका छन्। 

आज साँझ हुने संघको वार्षिक साधारणसभामा अध्यक्षको लागि क्षेत्रीको मात्रै उमेदवारी परेपछि उनी स्वत: अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्षसहित सबै पदमा एक–एक जनाको मात्रै उमेदवारी परेपछि संघको सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। 

यस हिसाबमा अध्यक्षमा क्षेत्री निर्विरोध चयन हुँदा उपाध्यक्षमा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्का, महासचिवमा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्त र कोषाध्यक्षमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त वादे श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन्।

संघको कार्यसमिति सदस्यको लागि प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सञ्चित ‍वज्राचार्य, ओरेन्टल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत टोटोन चक्रवर्ती र हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले उमदेवारी दर्ता गराएका थिए।

तर निवार्चन समितिले उमेदवारी दर्ताको लागि दिएको समयमा सबै एक एक जना मात्रैको आवेदन परेपछि उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।

आज साँझ हुने संघका वार्षिक साधारणसभामा निर्वाचन समितिले निर्वाचित कार्यसमितिको नाम घोषणा गरी शपथ गराउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad