भन्सारसम्बन्धित निकायहरूले देशभरका सबै भन्सार कार्यालयहरू अस्तव्यस्त नभएको दाबी गरेका छन्।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा बोल्ने भन्सारसँग सम्बन्धित निकायका प्रमुखहरूले यस्तो दाबी गरेका हुन्।
प्रमुखहरूले भन्सारका सबै निकायहरूमा दक्ष कर्मचारीहरू व्यवस्थापन गर्न नसक्दा भन्सारमा समस्या रहेको उल्लेख गरे। उनीहरूले दक्ष जनशक्ति अभावको कारण भन्सार कार्यालयहरूमा प्रविधिमैत्री रुपमा काम हुन नसकेको उल्लेख गरे।
उनीहरूले भन्सारमा काम गर्ने सबै कर्मचारीहरू फटाहा नभएको भन्दै ९० प्रतिशत कर्मचारीहरू देशको लागि काम गरिरको बताए।
भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सारमा रहेका सबै कर्मचारीहरू इमान्दार भएर काम गरेको बताए। उनले ९० प्रतिशत कर्मचारीहरू इमान्दार भएर काम गरिरहेको उल्लेख गरे। उनले जोखिम मोलेर भन्सारका कर्मचारीदेखि सुरक्षाकर्मी समेतले काम गरिरहेको दाबी गरे।
उनले भन्सारमा काम गर्ने कर्मचारीहरू जोखिम मोलेर काम गरिरहेको उल्लेख गरे। उनले केही ट्रेड युनियन,राजनीतिक पार्टीको दबाब प्रभावमा जाने,कारबाही गर्न खोज्दा डेलिकेशन आउने,नियमनकारी निकाय कर्मचारी विरुद्ध मुद्दा हालेर ह्यारेस गर्ने प्रवृत्ति बढेको बताए।
उनले भने,‘ भन्सारमा रहेका सबै कर्मचारीहरू इमान्दार भएर काम गरेका छन्। ९० प्रतिशत कर्मचारीहरू इमान्दार छन्। जोखिम मोलेर भन्सारका कर्मचारीदेखि सुरक्षाकर्मी समेतले काम गरिरहेका छन्। हामीलाई थ्रेड छ। कर्मचारीहरूले बिना स्वार्थमा राष्ट्रको लागि काम गरिराख्नुभएको छ। केही ट्रेड युनियन,राजनीतिक पार्टीको दबाब प्रभावमा जाने,कारबाही गर्न खोज्दा डेलिकेसन आउने,नियमनकारी निकाय कर्मचारी विरुद्ध मुद्दा हालेर ह्यारेस गर्ने प्रवृत्ति बढेको छ। त्यस्तो गर्ने कर्मचारीलाई कारबाही गर्ने वातावरण बनेको छैन।’
उनले कर्मचारी व्यवस्थापनमा पनि समस्या भएको भन्दै भन्सारमा दक्ष जनशक्तिको अभाव रहेको बताए। उनले कर्मचारी व्यवस्थापनको लागि आवश्यक कदम चाल्न आवश्यक रहेको तर भन्सार अस्तव्यस्त नभएको दाबी गरे।
आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले मुख्य गरेर राजश्वको आधार भनेको पैठारीमा आधिरित भएकाले राजश्वको मुल स्रोत भनेकै पैठारी भएको बताए। उनले पैठारी व्यवस्थित भए मात्रै आन्तरिक राजश्व पनि प्रभावकारी हुने बताए।
उनले भन्सार र खुला सीमा व्यवस्थित नगरेसम्म भन्सारमा समस्या हुने बताए। उनले भन्सारलाई व्यवस्थित बनाउन सरकारले प्रयास गरिरहेको बताए। उनले नेपालको सीमानामा भएको जनसंख्यालाई प्राथमिकता दिएर विकास निर्माणका गतिविधि,रोजगारी र गरिबी निवारणका कार्यक्रमहरू लैजानुको विकल्प नभएको बताए।
उनले भने,‘नेपालको सीमानामा भएको जनसख्यालाई प्राथमिकता दिएर विकास निर्माणका गतिविधि,रोजगारी र गरिबी निवारणका कार्यक्रमहरू लैजानुको हामीसँग विकल्प छैन। त्यो नलैजाएसम्म हाम्रा प्रयासहरू सफल भएका छैनन्। भोलि पनि नसक्ने अवस्था हुन्छ।’
राजश्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले पुस मसान्तसम्म भन्सार र भन्सार बाहिरबाट आएका वस्तुहरूको जाँच गर्दा ३० करोड ९३ लाख रुपैयाँ धरौटी माग गरेर मुद्दा दायर गरेको बताए। उनले भन्सारमा जाँच पासको लागि केही समय लाग्दा व्यवसायीहरूको लागत बढ्ने गरेको बताए। उनले व्यवसायी भएर हेर्दा भन्सारमा जटिलता रहेको उल्लेख गरे।
उनले भने,‘व्यवसायीहरूको भन्सारमा झनझट भयो भन्ने गुनासो छ। हुन पनि ८ वटा निकायले हेर्ने रहेछ। व्यवसायी भएर हेर्दा भन्सारमा जटिलता छ। त्यसैले वैधानिक रुपमा कारोबार गर्ने व्यवसायीलाई कुनै पनि किसिमले हानी नहुने गरी र जसले चोरी पैठारी गरी राजश्व छली गरेको छ। त्यसलाई नियन्त्रण गर्ने हिसावले हेर्नुपर्छ। भन्सार प्रशासकको तलव र बनोस दिने कानूनी व्यवस्था गर्नु आवश्यक छ। भन्सार अनुसन्धानले प्रधानमन्त्री कार्यालय अन्तर्गत बसेर उद्देश्य अनुरुप नै काम गरेको छ।’
उनले वैधानिक रुपमा कारोबार गर्ने व्यवसायीलाई कुनै पनि किसिमले हानी नहुने गरी र जसले चोरी पैठारी गरी राजश्व छलीलाई नियन्त्रण गर्ने हिसावले काम गरिरहेको बताए। उनले भन्सार प्रशासकको तलव र बनोस दिने कानूनी व्यवस्था गर्नु आवश्यक रहेको बताए।
Shares

प्रतिक्रिया