कारोबार


उपकार लघुवित्तले बढायो नाफा, खराब कर्जा पनि घट्यो

उपकार लघुवित्तले बढायो नाफा, खराब कर्जा पनि घट्यो

नेपालखबर
माघ २२, २०८१ मंगलबार १३:१४, काठमाडौँ

उपकार लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा डेढ करोड रुपैयाँ बढीको खुद नाफा गरेको छ।

लघुवित्तले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा लघुवित्तले नाफा बढाएको उल्लेख गरेको हो।

गत असारसम्म लघुवित्तको नाफा २ करोड ९१ लाख रुपैयाँले ऋणात्मक थियो। गत वर्षको पुस मसान्सम्म नाफा १ करोड ७५ लाखले ऋणात्मक रहेकोमा गत असारमा आइपुग्दा नाफाको ऋणात्मक अवस्था झन् गहिरिएको थियो। 

तर चालू आवको ६ महिनामा भने लघुवित्तले नाफामा उल्लेख्य सुधार गर्न सफल देखिएको हो।

गएको ६ महिनामा लघुवित्तले ऋणात्मक रहेको नाफालाई सुधार्दै १ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल बनेको छ। लघुवित्तको चुक्ता पुँजी १० करोड ६१ लाख रुपैयाँ छ।

नाफामा सुधार गरेको लघुवित्तले खराब कर्जा पनि  घटाउन सफल बनेको छ। गत असारसम्म लघुवित्तको खराब कर्जा ४.९६ प्रतिशत रहेकोमा पुस मसान्तमा आइपुग्दा घटेर ४.१२ प्रतिशतमा झरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad