ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ निष्काशनमा भएको छ।
कम्पनीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुका लागि कम्पनीले आजबाट आईपीओ खुलाएको हो।
कम्पनीले १ करोड ८० लाख रूपैयाँबराबरको १ लाख ८० हजार कित्ता सेयरमा आवेदन माग गरेको छ।
आफ्नो जारी पुँजी ६० करोड रूपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रूपैयाँ बराबरको १८ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।
जसमा १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्काशन गरेको हो।
कुल निष्काशन अनुमति पाएको सेयरको ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूलाई छुट्याएको छ।
बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
फागुन ५ गतेसम्म उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सक्नेछन्।
Shares

प्रतिक्रिया