शाइन रेसुंगा बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्न स्वीकृति पाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलका अनुसार हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्न नेपाल राष्ट्र बैंकअन्तर्गतको विकास बैंक सुपरिवेक्षण विभागबाट उक्त स्वीकृति पाएको हो।
बैंकले साबिक पूर्णिमा विकास बैंक र साबिक भार्गव विकास बैंकलाई प्राप्तिपछि कायम आर्थिक वर्ष २०७६/०७६ सम्मको सञ्चित मुनाफाबाट हाल चुक्तापुँजीको १५ प्रतिशतले हुने ३९ करोड ३४ लाख ३५ हजार ६ सय १८ रुपैयाँबराबरको बोनस सेयर बाँड्नेछ।
विभागबाट यही चैत ७ गते उक्त अनुमति पाएको हो। बैंकले आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गर्ने जनाएको छ।
3
Shares
प्रतिक्रिया