कारोबार


गुडविल फाइनान्ससँगको सहकार्यमा इसेवाले ल्यायो ‘इसेवा इजीलोन’, ३० हजारदेखि २लाखसम्म पाइने

गुडविल फाइनान्ससँगको सहकार्यमा इसेवाले ल्यायो ‘इसेवा इजीलोन’, ३० हजारदेखि २लाखसम्म पाइने

नेपालखबर
माघ १६, २०८१ बुधबार १६:५, काठमाडौँ

के तपाईले कहिल्यै सोच्नु भएको थियो, यदि तपाईको डिजिटल वालेटले तपाईलाई तत्काल ऋण उपलब्ध गराउने क्षमता राख्थ्यो भने कति सहज र सुविधाजनक हुन्थ्यो? इसेवाले इजीलोनको साथ तपाईको यो सपनालाई केही महिना अघि यथार्थमा परिणत गरिसकेको छ।

व्यवसाय संचालन गर्न रकमको अभाव भएको खण्डमा होस् वा अनपेक्षित खर्चको लागि पैसाको आवश्यकता परेको बेला बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रक्रिया झन्झटिलो प्रक्रिया रही आएको छ।

त्यसैगरि ३० हजार जस्तो थोरै रकम को व्यावसायिक कर्जा बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने नगरेको हुँदा साना तथा मझौला व्यवसायीहरूले आर्थिक समस्या भोग्दै आएको थियो। इजीलोन आएसँगै यो कुराको धेरै हदसम्म समाधान भएको र व्यापारिक सहजता धेरै बढाएको इसेवा एजेन्टहरुको भनाइ रहेको छ।

यसै सहजतालाई अझ थप सहज बनाउन इसेवा र गुडविल फाइनान्सबीच सहकार्य भएको छ। इसेवाले गुडविल फाइनान्स लिमिटेडको सहकार्यमा एजेन्टहरुलाई अब रु ३०हजारदेखि २ लाखसम्म इजीलोन प्रदान गर्ने भएको छ।

इजीलोन सुविधाका साथ इसेवाले वित्तीय प्रविधिको क्षेत्रमा भित्र्याएको नयाँ आयामले अर्को दिशा पाएको छ। साना तथा मझौला व्यवसायीहरूको आर्थिक आवश्यकतालाई मध्य नजर गर्दै इसेवाले इजीलोनको सुरुवात गरेको थियो भने अबको यो कदमले एजेन्टहरुलाई झन धेरै सहज बनाएकोमा इसेवाका वित्तीय सेवाका हेम घिमिरे विश्वस्त रहेका छन्।

व्यक्तिगत आवश्यकता पूर्ति गर्न होस् वा आफ्नो व्यवसाय विस्तार गर्न यस इजीलोनले मर्चेन्टहरुको जिवनलाई थप सहज र धेरै हद सम्म तनाव मुक्त बनाउने उनको भनाई रहेको छ।

त्यसैगरी इजीलोन छिटो, भरपर्दो, सुरक्षित र पारदर्शी भएकोे र आवेदन प्रक्रिया निकै सहज हुनुको साथै इजीलोन एजेन्टहरूको व्यावसायिक सफलताको लागि तयार पारेका कुरामा समेत जोड दिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad