यो साता लगातार दुई दिन घटेको सेयरबजार तेस्रो कारोबार दिन २४.५० अंकले बढेको छ।
नेप्से उक्त अंकले बढेर मंगलबार २६५७.७७ विन्दुमा चढेको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार कारोबार रकम पनि बढेर ९ अर्ब ४० करोड पुगेको छ।
यस दिन १७७ वटा सेयरको मूल्य बढ्दा ६० वटाको घटेको र छवटाको अघिल्लो मूल्यमा नै कारोबार भएको छ।
आज उपकार लघुवित्त, सिकलेस हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, र जानकी फाइनान्सको सेयरमा सकारात्मक सर्किट लागेको छ।
आज लगानीकर्ताले ८.४६ प्रतिशतसम्म गुमाएका छन्। कारोबारमा सप्तकोसी डेभलपमेन्ट बैंकको सर्वाधिक ३८ करोडको कारोबार भएको छ।
48
Shares

प्रतिक्रिया