कारोबार


एसयूभीलाई ट्रक बनाउन मिल्ने दिपल ई०७ नेपालमा, मूल्य करोड

एसयूभीलाई  ट्रक बनाउन मिल्ने  दिपल ई०७ नेपालमा, मूल्य करोड

नेपालमा ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई०७  सार्वजनिक भएको छ (सरोज बैजु)


नेपालखबर
माघ १४, २०८१ सोमबार २१:२२, काठमाडौँ

नेपालमा ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई०७  सार्वजनिक भएको छ।

नेपालको आधिकारिक  बिक्रेता एमएडब्लू वृद्धिले ‘ट्रान्सफर्मर एसयूभी’ सार्वजनिक गरेको हो।

चांगन अटो एसिया पेसिफिक भीपी गुआन जिन, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गरेका छन्।

एसयूभी एउटा बटन थिच्ने बित्तिकै पिकअप ट्रकमा परिणत हुन्छ। एसयुभी, पिकअप र क्याम्पिङ र आरभी (रिक्रिएसनल भेहिकल) सहित चार फरक प्रयोजनका लागि प्रयोग गर्न सकिने ई०७ले लक्जरियस र इन्टिलेजेन्ट एडभेन्चरमार्फत आफूलाई ‘फ्युचरिस्टिक मार्भेल’का रुपमा स्थापित गर्ने कम्पनीले जनाएको छ।

एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नयाँ एसयुभी सेग्मेन्टको उदय दिपल ई०७ आफ्नो रूपान्तरणीय क्षमता (ट्रान्सफर्मर क्यापाबिलिटी)मार्फत विल्कुलै नयाँ ड्राइभिङ अनुभव प्रदान गर्दै अटोमोबाइल जगतमा नयाँ अध्यायको सुरुवात गर्ने बताउँछन्।

दिपल ई०७ मा ‘रियरह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’मा उपलब्ध हुनेछ। ‘रियरह्विल ड्राइभ भेरियन्ट’मा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्नेछ। यसमा ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ जसले ५६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिनेछ।

त्यसैगरी, अलह्विल ड्राइभ भेरियन्टले ४४० किलोवाटको पावर र ६४५ एनएम टर्क उत्पन्न गर्छ। २४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्जमा जोड्न सकिने यो इभी लामो यात्राका लागि तुरुन्त रिचार्ज गर्न सक्ने क्षमताको छ।

दिपल ई०७को ह्विलबेस ३१२० एमएम रहेको छ जसले यसलाई ‘स्पेसियस’ बनाएको छ।

सुरक्षित र स्मार्ट यात्राका लागि ‘इन्टेलिजेन्ट’ प्रविधि
दिपल ई०७ मा प्रयोग गरिएको ‘सुपर ब्रेन सेन्ट्रल कम्प्युटिंग प्लेटफर्म’ले ‘सिमलेस कन्ट्रोल’ र ‘रियलटाइम रेस्पोन्स’ दिन्छ।

यसमा २८.८६ इन्टको ‘अग्मेन्टेड रियारिटी हेडअप डिस्प्ले’ र १५.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ प्रयोग गरिएको छ जसले ‘ड्राइभिंग एक्सपिरियन्स’ लाई राम्रो बनाउने मात्र होइन सुरक्षित पनि बनाउँछ।

सहज यात्रा र सुरक्षाका लागि यसमा ५ प्रकारको ‘क्र्युज असिस्ट’, ४ वटा ‘पार्किंग असिस्ट’ फिचर र १४ ‘सेफ्टी प्रोटेक्सन सिस्टम’, ५ एमएमको ‘वेब राडार’, ५ वटा क्यामेरा र १२ वटा ‘अल्ट्रासोनिक राडार’ प्रयोग गरिएको छ।

 एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नेपालको इभि बजारमा दिपल एस०७ र एल०७ सफल भइसकेको  बताएका छन्।

नेपालमा दिप्पलले ७५० गाडी बिक्री गरिसकेको छ।

अग्रवालले एमएडब्लु ग्रुपले बिक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिएको  बताए।

‘ग्राहकको सन्तुष्टिका लागि एमएडब्लुले हरसम्भव काम गरिरकेको छ। अहिले देशका ९० भन्दा बढी स्थानमा एमएडब्लुको चार्जिंग स्टेसन छन् जुन नेपालमै सबैभन्दा ठूलो सञ्जाल हो,’ उनले भने।

दिपल ई०७ सेतो, कालो, खरानी र हरियो गरी चार वटा रंगमा उपलब्ध छ।

 एक करोड तीन लाख ९९ हजार रुपैयाँ तोकिएको ‘रियरह्विल ड्राइभ’ ई०९ को सुरुवाती मूल्य केही समयका लागि ९९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।

‘अलह्विल ड्राइभ’ को मूल्य १ करोड ९९ लाख ९९ हजार तोकिएको छ। हाललाई ‘रियरह्विल’ ड्राइभ दिपल ई०७ चांगानका सोरुमहरुमा टेस्ट ड्राइभ तथा बुकिङका लागि उपलब्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad