हिजो घटेको सुनचाँदीको मूल्य आज थप घटेको छ। सुन आज तोलामा तीनसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुनको मूल्य तोलाको एक लाख ६० हजार एकसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ६० हजार चारसय रुपैयाँ थियो।
गएको शुक्रबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको मूल्य हिजो र आज दुईदिन लगातार घटेको हो। हिजो सुनको मूल्य तोलामा दुईसय रुपैयाँ घटेको थियो।
आज चाँदीको मूल्य पनि तोलाको १५ रुपैयाँ घटेको छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार आठसय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।
Shares

प्रतिक्रिया