कारोबार


बुधबार अर्धशतक हानेको नेप्से बिहीबार पुरानै लयमा, ११ अंकले घट्दा कारोबार ७ अर्बमाथि

बुधबार अर्धशतक हानेको नेप्से बिहीबार पुरानै लयमा, ११ अंकले घट्दा कारोबार ७ अर्बमाथि

नेपालखबर
माघ १०, २०८१ बिहिबार १५:२०, काठमाडौँ

बुधबार अर्धशतक नै हानेको नेप्से सूचकले बिहीबार निरन्तरता पाउने सकेन।  बिहीबार नेप्से ११.१० अंकले घटेर २६५४.३५ अंकमा बन्द हुन पुग्यो। बुधबार बजारमा नेप्से ५२.३६ अंकले बढ्दा लगानीकर्ताले ९ अर्ब २० करोडको कारोबार गरेको थिए।

बिहीबार पुनः बजार घट्न थालेपछि लगानीकर्ताले कारोबार पनि खुम्चाएका छन्। यो दिन ७ अर्ब ८५ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको हो।

आज विकास बैंक र उत्पादन तथा प्रशोधन समूह बाहेकका सबै सूचक घटेर राताम्मे बनेका छन्। जसमा सबैभन्दा धेरै बित्त समूहको सूचक २.४३ प्रतिशतले घटेको छ।

कारोबार खुले लगत्तै लगानीकर्ताले बजारमा सेयरको खरिद माग बढाएका थिए। यसले बुधबार बढेको बजार बिहीबार बढ्न सक्ने आकलन गरिए पनि त्यसले निरन्तरता भने पाउन सकेन।  

बजार १ बजेर १५ मिनेट पछि भने निरन्तर घट्न पुग्यो। समग्रमा नेप्से यो दिन दोहोरो अंकले घट्दा लगानीकर्ताले पनि कारोबारलाई बढाएनन्। बरु बुधबारको तुलनामा १ अर्ब ३५ करोड रुपैयाँले घटाए।

दिनभर नेप्से घटे पनि यो दिन ८६ कम्पनीको मूल्य बढ्दा तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। सामुदायिक लघुवित्त, कर्पोरेट डेभपलमेन्ट बैंक र सिक्लेस हाइड्रोको मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो।

घट्नेमा भने आज १५० कम्पनी छन्। जसमा सुपर मादी हाइड्रो र मन्दाकिनी हाइड्रोको मूल्यमा १० प्रतिशतको गिरावटसँगै नकारात्मक सर्किट लागेको छ।

यस्तै यो दिन लगानीकर्ताले सबैभन्दा धेरै कारोबार सप्तकोसी डेभलपमेन्ट बैंकको भएको छ। यो कम्पनीको ३० करोड बराबरको कारोबार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad