कारोबार


आईएमई पेमा रकम प्राप्त गर्दा ५ सय रुपैयाँ बोनस

आईएमई पेमा रकम प्राप्त गर्दा ५ सय रुपैयाँ बोनस

नेपालखबर
माघ ९, २०८१ बुधबार २०:३५, काठमाडौँ

डिजिटल वालेट आईएमई पेले विदेशमा कमाएको पैसा आइएमई पेको माध्यमबाट प्राप्त गर्दा रु ५०० बोनस प्राप्त गर्न सकिने अवसर  सार्वजनिक गरेको छ। विश्वको जुनकुनै देशमा रहेर कमाएको पैसा आईएमई पे मार्फत नेपालमा प्राप्त गर्न सकिन्छ।

आईएमई पेमा रकम प्राप्त गर्दा रु दश हजार सम्ममा  ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ। त्यस्तै, कारोबारको रकम अनुसार पचास हजार, एक लाख र दुई लाख सम्ममा क्रमश  १००, २०० र रु ५०० सम्म बोनस प्राप्त गर्न सकिनेछ।

कारोबारमा संलग्न एकजनाले महिनाको दुई पटक सम्म बोनस प्राप्त गर्न सक्नेछन्। यो योजना मार्फत आइएमई पेमा रकम प्राप्त गर्दा बोनस मात्रै नभएर रकम सुरक्षित तवरले घर सम्मै पुग्ने विश्वासको समेत वृद्धि हुने कम्पनीले जनाएको छ।

आफन्तको पैसा आईएमई पेमा प्राप्त गर्दा आफन्तले नै बोनस प्राप्त गर्न सकिने योजना निकै उपलब्धिमुलक बन्न सक्ने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad