उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्टमा ५० देखि ७५ प्रतिशतसम्म मूल्य नभएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा मन्त्री भण्डारीले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले ४०० को सिमेन्ट ८०० रुपैयाँ पुगेको भन्ने विषयमा सत्यता नभएको दाबी गरे।
पछिल्लो समय विभिन्न सिमेन्टको मूल्य लागतअनुसार फरकफरक रहेको उनले बताए। ओपीसीको ६५० र पीपीसी ७५० रुपैयाँसम्म मूल्य रहेको जानकारी पनि उनले दिए।
सिमेन्टको मूल्यवृद्धिको विषयमा सरोकारवालाहरूसँग ४– ५ पटक छलफल भएको र अन्तिमपटक माघ ६ गते सहमति भएको उनको भनाइ थियो।
उनले भने,‘पछिल्लोपटक असार महिनामा निर्धारण भएको सिमेन्टको मूल्यमा थोरै वृद्धि गर्ने गरी निर्माण व्यवसायीहरूले सहमति जनाएको अवस्था हो। उत्पादन, बजार अभावका विषयमा फुलफ्लेजमा उत्पादन गरी उत्पादन लागतका आधारमा मूल्य समायोजन हुने कुरा भइसकेको थियो। समितिले दिने निर्देशनअनुसार चाँडै टुग्याउँछौँ। उद्योगको मूल्य लागतअनुसार फरकफरक छ। ४०० मूल्यको सिमेन्ट ८०० भएको सत्य होइन। हाल ओपीसीको ६५० र पीपीसी ७५० रुपैयाँसम्म छ। ५०– ७५ प्रतिशत मूल्य वृद्धि भएको भन्नेमा पनि सत्यता छैन।निर्माण व्यवसायी र उद्योगी दुवैलाई सँगै राखेर र छुट्टाछुट्टै पनि बसेर छलफल गरेका छौँ। उत्पादनमा अभाव र बजारमा अभावको विषयमा उद्योगी र निर्माण व्यवसायीसँगै राखेर चाँडै टुग्याउँछौँ।’
Shares

प्रतिक्रिया