रौतहट प्रहरीले नक्कली पेस्तोल देखाई ठगी गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारतको मोतिहारी ग्राम पञ्चायत, खरोही–४ का २० वर्षीय अब्दुल कलामलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
ईशनाथ नगरपालिका-४, मठियास्थित सीमा क्षेत्रमा हिँड्डुल गर्ने व्यक्तिहरूलाई अब्दुलले नक्कली पेस्तोल देखाई डरत्रासमा पारेर पैसा असुल्ने गरेको प्रहरीको दाबी छ।
प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जानकारी दिएको छ।
45
Shares

प्रतिक्रिया