अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकमा मनोनय भएका छन्।
माघ ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव नेपाललाई नेपालको तर्फबाट मनोनयन गर्ने निर्णय गरेको हो।
सहसचिव नेपाल हाल अर्थ मन्त्रालयमा बजेट महाशाखा प्रमुख छन्। उनले अर्थमा लामो समय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका थिए।
297
Shares

प्रतिक्रिया