कारोबार


भारतका ४ ‘बिग ब्रान्ड’का विद्युतीय गाडी नेपाल आउँदै, चिनियाँसँग प्रतिस्पर्धा

भारतका ४ ‘बिग ब्रान्ड’का विद्युतीय गाडी नेपाल आउँदै, चिनियाँसँग प्रतिस्पर्धा

वसन्त अर्याल
माघ ८, २०८१ मंगलबार १९:२६, काठमाडौँ

भारतमा उत्पादन भएका ४ विद्युतीय गाडीका मोडल नेपाल आउने भएका छन्। भारतका ‘बिग ब्रान्ड’ले उत्पादन गरेका ४ विद्युतीय मोडल आउने भएका हुन्।

नेपाली बजारमा चिनियाँ मोडलको बजार हिस्सा बढ्दै गएको समयमा ४ ठूला ब्रान्डले ‘मास प्रोडक्ट’को रूपमा ४ गाडी भित्राउँदै छन्। फागुनदेखि असोजसम्म ४ नयाँ विद्युतीय गाडीका मोडल ल्याउने सम्भावना छ। विद्युतीय गाडीको बजार प्रतिशतका हिसाबले भारतमा भन्दा नेपालमा ठूलो छ।

भारतीय ब्रान्ड टाटाले मात्रै चिनियाँ विद्युतीय गाडीका मोडलसँग प्रतिस्पर्धा गरिरहेको छ। टाटाको नेक्सन, टियागो र पञ्च पछिल्लो ३ वर्षमा बढी बिक्री भएका छन्। चीनमा उत्पादित बीवाईडी, ओमोडा, नेटा, एमजी, डिप्पलको बजार हिस्सा बढ्दो छ।

चिनियाँ ब्रान्डले दबदबा राखेको नेपालको अटो मार्केटमा भारतीय ब्रान्ड बल्ल प्रतिस्पर्धी हुने भएका छन्। टाटा बाहेक हुन्डाई, सुजुकी, महिन्द्राले विद्युतीय गाडीबाटै प्रतिस्पर्धा गर्नेछन्।

भन्सार विभागको पुससम्मको तथ्यांक अनुसार कुल ५ हजार ४८० विद्युतीय गाडी भित्रिएका छन्। भारतबाट १२ सय ५० मात्रै विद्युतीय गाडी भित्रँदा उत्तरी छिमेकी मुलुकबाट ४ हजार २०५ आयात भएका छन्।

भारत अटोमोबिलिटीमा पुगेका नेपाली गाडी बिक्रेताले अब भारतीय ब्रान्डले नेपालमा राम्रो प्रतिस्पर्धा गर्ने दाबी गरेका छन्।

यस्ता छन् नेपालमा भित्रने भारतीय नयाँ मोडल
विश्वव्यापी रुपमा विद्युतीय गाडीको बिक्री बढेपनि सुजुकी, हुन्डाईले मास विद्युतीय मोडल बजारमा ल्याउन सकेनन्।

कोरियन ब्रान्ड हुन्डाईले कोना, आयोनिकका विभिन्न सिरिज बजारमा ल्याएपनि नेपाल, भारत लगायतका बजारमा ठूलो हिस्सा बनाउन सकेनन्।

जापानिज ब्रान्ड सुजुकीले पहिलो विद्युतीय गाडी सार्वजनिक गर्दै छ। कोरियन हुन्डाई र जापानिज सुजुकीले आफ्ना विद्युतीय गाडी भारतमा उत्पादन गरेरै विश्व बजारमा पुर्‍याउँदैछन्।

महिन्द्राले एक्सयुभी ४०० विद्युतीय ल्याएपनि ठूलो बजार बनाउन सकेन। हाल आकर्षक मोडलको रुपमा मोडल बीई६ र एक्सईभी ९ ई ल्याएको छ।

टाटाको चौथो विद्युतीय मोडल ‘कर्भ’
विद्युतीय मोडल बिक्रीमा पहिलो नम्बरमा रहेको टाटाले नयाँ मोडल ल्याउँदै छ। नेपालमा टाटाको आधिकारिक बिक्रेता सिप्रद्धिले नेक्सन फेसलिफ्ट र विद्युतीय कर्भ ल्याउने तयारी गरेको छ।

नेपालमा टाटाले नेक्सन ईभी, टियागो ईभी, पञ्च ईभीपछि कर्भ नेपाली बजारमा आउने छ। टाटा कर्भ ईभी २ वटा ब्याट्रिसहित छ।  ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्रिमा उपलब्ध छ। टाटाको कर्भ ईभी ४३० किमीदेखि ५०० किमीसम्म हुनेछ।

भारतमा सार्वजनिक गाडीको १२३ किलोवाट मोटरको गाडीले १६५ बीएचपी पावर र २१५ एनएम टर्क जेनेरेट गर्छ। आधुनिक डिजाइनको इन्टेरियर कर्भ ईभी डिअल टनमा छन् १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्चको ड्राइभर डिस्प्ले रहेको छ। फिचर्सहरूमा एन्टिलक ब्रेकिङ सिस्टम, अटोमेटिक क्लाईमेट कन्ट्रोल छ।  

भारतमा कर्भ इभीको सुरुवाती बजार मुल्य १७ लाख ४९ हजार छ।

सुजुकी
भारतको प्लान्टमै सुजुकी ई–भिटरा ग्लोबल मोडलको रुपमै उत्पादन भैरहेको छ। भारतमा उत्पादन भएको मोडल नै विश्वका १०० बढी देशमा निर्यात गर्ने तयारी गरेको छ। युरोप र जापानमा समेत भारतमै उत्पादिन मोडल निर्यात हुनेछ। भारतको गुजरात प्लान्टमा २१ अर्ब भारतीय रुपैयाँ खर्च भएको सुजुकी इन्डियाले जानकारी दिएको छ।

भिटरामा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरको ब्याट्रि प्याक छ। गाडी एक पटकको चार्जमा ५०० किमी गुड्ने अनुमान गरिएको छ। ४९ किलोवाट आवरको ब्याट्रि रहेको गाडीले १४२ बीएचपी र १८९ एनएम टर्क जेनेरेट गर्छ। ६१ किलोवाट आवरको ब्याट्रिमा जडित मोटरले १७४ बीएचपी  र १८९ टर्क जेनेरेट गर्छ।

ई–भिटरा फोरह्वील ड्राइभमा उपलब्ध हुने छ। कम्पनीले अटो एक्स्पोमा उत्पादनको लागि तयार पारिएको मोडल देखाएको छ। भारतमा १७ देखि १८ लाखबीचमा सार्वजनिक हुने अनुमान गरिएको छ। फाइनल प्रोडक्ट आईसकेको गाडी मार्च महिनामा लञ्च हुने छ। त्यसको केही महिनापछि नेपाल आउने छ।

एक महिनापछि नेपाल आउँदै हुन्डाई क्रेटा
नेपालमा हुन्डाईको क्रेटा ईभी फागुनमा ल्याउने तयारी गरेको छ। भारत मोविलिटीमा सार्वजनिक भएको गाडी नेपाल भित्रने छ। हुन्डाईमा २ वटा ब्याट्रि अप्सनमा रहेको छ।

४२ किलोवाट आवर ब्याट्रि आवर ३९० किमी रेञ्ज दिन्छ भने ५१.४ किलोवाट आवर ब्याट्रिको गाडी ४७३ किमी रहेको छ। गाडीमा ९९ किलोवाट र १२६ किलोवाटका मोटर छन्। गाडीको ग्राउन्ड किलियरेन्स २०० एमएम छ। जसले नेपाली सडकमा कुदाउन सहज हुन्छ।

७.९ सेकेन्डमै १०० किमीको स्पिडमा कुद्न सक्छ। क्रेटा ईभी माइनस ३५ डिग्रीसम्म चल्न सक्छ। क्रेटा ईभीको शुरूवाती मूल्य १७ लाख ९९ हजार भारतीय रूपैयाँ रहेको छ।

भ्यावाई कमान्ड फिचर्स सहित प्यानारोमिक सनरुफ छ। ७० वटा कनेक्टेड फिचर्स छन्। हुन्डाई स्मार्टसेन्स लेभल २ एडास सहित १९ फिचर्स रहेका छन्।

हुन्डाई मोटर इन्डिया लिमिटेडले क्रेटा ईभी ४ भेरियन्टमा ल्याएपनि नेपालमा तत्काल २ भेरियन्ट मात्रै आउने छन्। तत्काल नेपालमा ४२ किलोवाट आवरको ब्याट्रि र ९९ किलोवाट मोटर भेरियन्टको मात्रै उपलब्ध हुनेछ। एक्जुकेटिभ र प्रिमियम भेरियन्ट उपलब्ध हुने छ।

 


 
महिन्द्रा बीई ६
महिन्द्राका २ नयाँ विद्युतीय मोडलमध्ये बीई ६ पहिला आउने सम्भावना छ। भारतीय बजारमा हुन्डाईको क्रेटा, सुजुकीको ब्रेजा, टाटाको कर्भसँग प्रतिस्पर्धीको रुपमा हेरिएको छ। नेपालको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटले बीई ६ ल्याउँदा नेपालमा यी मोडलसँगै चिनियाँ ब्रन्डासँग प्रतिस्पर्धा गर्नुपर्ने छ।

महिन्द्राले २ वटा विद्युतीय गाडी भारत अटोमोबिलिटीमा शोकेश गरेको थियो। ५०–६० लाखमा आउने बीई६ मोडल नयाँ आउने छ। ६÷७ सेकेन्डमै १०० किमी कुद्न सक्छ। ७ एयर ब्याग छन्। लेभल २ एडास सिस्टम रहेको छ। डिजिटल ककपिट डिजाइन छ।

गाडी एक पटक चार्ज गरेपछि ५०० किमी रेञ्ज रहेको छ। १७५ किलोवाटसम्मको डिसी चार्जर सपोट गर्छ। जसबाट ८० प्रतिशतसम्म चार्ज २० मिनेटमै हुन्छ। अटो पार्क सिस्टम रहेको छ।

बीई ६ २ वटा ब्याट्रि विकल्पमा छन्। ७९ किलोवाट आवरको ब्याट्रि र ५९ किलोवाट आवरको छ। गाडीमा मोटर पावर १७० र २१० किलोवाटको छ। ३८० टर्क जेनेरेट हुन्छ। रियर ह्वील ड्राइभ सिस्टम रहेको गाडीमा २०७ एमएम रहेको कम्पनीको उल्लेख गरेको छ।

४५५ लिटरको बुट स्पेस रहेको छ। बीई ६ को सुरुवाती मूल्य १८ लाख ९० हजार भारतीय रुपैयाँ तोकेको छ। भारतमा सार्वजनिक भैसकेको गाडी फेब्रुअरीबाट बुकिङ सुरु हुने जनाएको छ। १८ इन्च र १९ इन्च अलवे ह्वीलमा उपलब्ध छ।

कम्पनीले एक्सईभी ९ ई समेत भारतमा सार्वजनिक गरेको छ। बीई६ को तुलनामा प्रिमियम छ। तर ब्याट्रि प्याक भने एउटै छ। एक्सईभी ९ ईको मूल्य भारतमा २१ लाख ९० हजार छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad