कारोबार


साना कम्पनीले पनि आईपीओ जारी गर्न पाउने बाटो खुल्यो

आवेदकले ५ सय कित्ताभन्दा तल सेयर किन्न नपाउने व्यवस्था
साना कम्पनीले पनि आईपीओ जारी गर्न पाउने बाटो खुल्यो

नेपालखबर
माघ ३, २०८१ बिहिबार १५:३८, काठमाडौँ

साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली २०८१ धितोपत्र बोर्डले स्विकृत गरेको छ। बिहीबार नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमावली जारी गर्दै आजबाट कार्यन्वयनमा ल्याएको हो।

उक्त नियमावलीमा टेकेर अब २५ करोड भन्दा कम पूँजी भएका कम्पनीहरुले आईपीओ जारी गरेर पुँजी बृद्धि गर्न सक्ने भएका छन्। त्यस्ता कम्पनीहरूले सर्वसाधारणमा सेयर जारी गरेर २५ करोडसम्म पुँजी बृद्धि गर्न सक्नेछन्।

त्यस्ता कम्पनीहरूले पुँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी सेयर निष्कासन गर्नुपर्ने प्रावधान राखिएको छ। यस्तै, आईपीओ जारी गर्न पब्लिक कम्पनीको रुपमा एक आर्थिक वर्ष पुरा भएको हुनुपर्ने छ।  

यो बाहेका सो संस्थाले सेयर निष्कासन पूर्व धितोपत्रको पाँच प्रतिशत सोको निष्कासन तथा विक्री प्रबन्धक मर्चेन्ट बैंकरले र १५ प्रतिशत योग्य संस्थागत लगानीकर्ताले खरिद गरिसकेको अवस्थामा मात्रै सर्वसाधारणमा आइपीओ जारी गर्न पाउनेछ।

अन्य सार्वजनिक कम्पनीहरू सरह यस्ता कम्पनीहरुले पनि आइपीओ जारी गर्नुपूर्व क्रेडिट रेटिङ गराउनुपर्नेछ। सोही आधारमा बोर्डले सेयर निष्कासनको अनुमती दिने व्यवस्था गरिएको हो।

कम्पनीले निष्कासन गरेको आइपीओमा आवेदकले थोरैमा ५ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ। हाल धितोपत्र बजारमा आवेदकले न्युनतम १० कित्ता सम्ममा आवेदन दिन पाउने व्यवस्था छ।  

बोर्डले एसएमइजको सेयरमा भने लगानीकर्ताले न्युनतम ५ सय कित्ताका लागि आवेदन दिनु पर्नेछ। नियमावली अनुसार यस्ता कम्पनीहरुले आईपीओ जारी गरिसकेपछि पनि पूँजी बढाउनुपरेमा हकप्रद सेयर जारी गर्न सक्नेछन्।

यसरी कम्पनीको चुक्तापुँजी २५ करोड माथि पुगेको खण्डामा नेप्सेले एसएमईजबाट हाल सञ्चालमा रहेको धितोपत्रको दोस्रोबजारमा कम्पनीलाई तान्ने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad