भिरबाट लडेर अड्किएका एकजना विदेशी नागरिकलाई नेपाल प्रहरीले उद्धर गरेको छ।
सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका–३ टोकटोक र बैंकरबीच स्थित रहेको जंगलमा जर्मन नागरिक वर्ष ४१ को माइकेल हेनरिच भिरबाट लडेर घाइते भएका हुन्।
बिहीबार सगरमाथा आधार शिविर भ्रमण गरी लुक्लातर्फ फर्कने क्रममा बाटो अलमलिई खच्चड हिँड्ने पुरानो बाटोबाट हिँडि चिप्लिएर अन्दाजी ५/६ मिटर तल भिरमा अल्झिएको प्रहरीले जनाएको छ।
सो सम्बन्धी खबर प्रहरी चौकी नाचिपाङमा (फाक्दिन)मा प्राप्त हुना साथ प्रहरी सहायक निरीक्षक बहादुर खड्काको कमाण्डमा प्रहरी टोली खटी गई प्रहरी र स्थानीयसमेतको सहयोगमा उद्धार गरिएको हो।
उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
360
Shares

प्रतिक्रिया