कारोबार


चापागाउँ दोबाटोको भाटभटेनीलाई १० हजार जरिवाना

चापागाउँ दोबाटोको भाटभटेनीलाई १० हजार जरिवाना

नेपालखबर
माघ १, २०८१ मंगलबार १२:५, काठमाडौँ

संयुक्त बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोमा रहेको भाटभटेनीलाई दस हजार रुपैयाँ जरिवाना गरेको छ। 

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन समितिले अनुगमन गर्दा भाटभटेनीमा म्याद उल्लेख नगरिएको तथा मापदण्डअनुसार प्याकेजिङसमेत नगरिएको इम्लीको अचार फेला परेको थियो। 

‘म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज गुणस्तर जाँचका लागि पठाएका छौँ। बाँकी अचार जफत गरिएको छ,’ घिमिरेले भनिन्, ‘हामीले अहिले सचेतनाका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ बमोजिम दस हजार मात्रै जरिवाना गरेका छाैँ।’  

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार बजार अनुगमन गर्दा सोही बुँदामा पाँच लाखसम्म जरिवाना गर्न सक्ने अवस्था रहेको उपभोक्ता हित संरक्षण मञ्च ललितपुरका अध्यक्ष ध्रुबलाल तण्डुकारले जानकारी दिए। 

त्यस्तै, संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोवाटोको मकवानपुर फष्टफुड र ए टु जेड स्टोरमासमेत अनुगमन गरि देखिएका कमजोरी सुधार्न सचेत गराएको अनुगमन समितिका सदस्य एवम् नेपाल पत्रकार महासंघका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए। 

मकवानपुर फास्टफूडले स्थानीय तहमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको र ए टु जेड स्टोरले मूल्यसूचि नराखेको पाइएको छ। 

हरेक हप्ता फरकफरक ठाउँमा छड्के बजार अनुगमन गर्दै आएको संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले हात्तीवनस्थित अपार भेजिटेवल सस उद्योगलाई पचास हजार रुपैयाँ जरिवाना गराएको उद्योग तथा वाणिज्य कार्यालय ललितपुरका उद्योग अधिकृत संजय थापाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad