कारोबार


एकअर्कालाई सहयोग गर्ने सहमति गर्दै सकियो नेपाल-भारत व्यापार मञ्चको बैठक

एकअर्कालाई सहयोग गर्ने सहमति गर्दै सकियो नेपाल-भारत व्यापार मञ्चको बैठक

नेपाल-भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक। तस्बिरः भारतीय दूतावास


नेपालखबर
पुस २७, २०८१ शनिबार १९:१७, काठमाडौँ

लगानी र व्यापारमा एकअर्कालाई सहयोग गर्ने सहमति गर्दै नेपाल-भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक सम्पन्न भएको छ। 

काठमाडौँको चन्द्रागिरिमा बसेको बैठकमा दुवै देशका प्रतिनिधिहरुले व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने विषयमा साझा धारणा तय गरेका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैठकमा सहभागीहरुलाई स्वागत गरेका थिए। त्यसक्रममा उनले दुवै देशमा देखिएका समस्या समाधान गर्न दुवै देशले नीतिगत सुधार तथा व्यवहारिक समाधान खोज्नुपर्नेमा जोड दिएका थिए। 

बैठकमा नेपालको तर्फबाट द्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, मञ्चकी (नेपाल) अध्यक्ष भवानी राणा लगायतको सहभागिता थियो। 

त्यस्तै भारतको तर्फबाट वाणिज्य सचिव सुनिल बर्थवाल, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव लगायतको सहभागिता थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad