कारोबार


निर्माण व्यवसायीलाई अर्थमन्त्रीको चेतावनी- २२ अर्ब भुक्तानी भइसक्यो, सदाशयलाई कमजोरी नठान्नू

निर्माण व्यवसायीलाई अर्थमन्त्रीको चेतावनी- २२ अर्ब भुक्तानी भइसक्यो, सदाशयलाई कमजोरी नठान्नू

नेपालखबर
पुस २६, २०८१ शुक्रबार १९:५३, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा मात्रै निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी अघिल्लो आर्थक वर्षको दायित्व भुक्तानी भइसकेको बताएका छन्।

नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले सिर्जित दायित्व भुक्तानी नरोकेको स्पष्ट पार्दै सरकारको सदाशयलाई कमजोरी नठान्नसमेत निर्माण व्यवसायीहरूलाई चेतावनी दिए।

‘भुक्तानीयोग्य रकमको भुक्तानी प्रक्रिया निरन्तर जारी रहन्छ,’ उनले भने, ‘तर सरकार र निर्माण व्यवसायी दुवै कानुनअनुसार चल्नुपर्छ।भुक्तानीको कुरा गरिरहँदा निर्माण व्यवसायीहरूले सरकारलाई बुझाउनुपर्ने आयकर र मूल्य अभिवृद्धि करको दायित्वलाई पनि भुल्नुहुँदैन।’

अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले सङ्घीय सरकारको दायित्वअन्तर्गत निर्माण व्यवसायीहरूलाई कूल २८ अर्ब ८९ करोड भुक्तानी गर्नुपर्ने देखिएकोमा अब करिब ६ अर्ब मात्र भुक्तानी हुन बाँकी रहेको र त्यसमा पनि प्रक्रियामा रहेकालाई प्राथमिकतामा राखेर भुक्तानी गरिने जानकारी दिए।

नेपाल निर्माण उद्योग परिषद्का पदाधिकारीहरूले सरकारले हालसम्म बिल पेस गरी दाबी गरेको भुक्तानी रकमको ८० प्रतिशतभन्दा बढी भुक्तानी प्राप्त गरिसकेको बताउँदै करको बाँकी भुक्तानीका लागि पनि वातावरण बनाइदिन उपप्रधानमन्त्री एवं अर्थमन्त्रीलाई आग्रह गरे।

उनीहरूले करको रकम किस्ता बन्दीमा भुक्तानी हुने व्यवस्था गरिदिन, निर्माण सामग्रीमा आयात छुट दिन, रूग्ण आयोजनामा पुँजी परिचालनको व्यवस्था मिलाइदिनलगायत अनुरोध गरेका थिए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad