कारोबार


अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार भने साताकै धेरै

अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार भने साताकै धेरै

नेपालखबर
पुस २५, २०८१ बिहिबार १५:२९, काठमाडौँ

सेयर बजार परिसूचक नेप्से बिहीबार दोहोरो अंकले घटेर बन्द भएको छ। बुधबार र बिहीबार बढेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार भने १८.१४ अंकले घटेर २६३५.०९ अंकमा बन्द भएको हो।

सूचकमा गिरावट आएपनि आजको बजारमा लगानीकर्ताले यो हप्ता यताकै सर्वाधिक धेरै कारोबार गरेका छन्। यो दिन लगानीकर्ताले ७ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार गरेका हुन्।

सूचक घटेपनि कारोबारमा लगानीकर्ता हौसिएका हुन्।

नेप्से सूचक घटेपछि राताम्मे भएको बजारमा होटल तथा पर्यटन समूहबाहेकका सबै उपसमूहको सूचक घटेका छन्। होटल तथा पर्यटन समूहको भने ०.९९ प्रतिशतले सूचक बढेको हो।

कम्पनीगत रुपमा भने आज कारोबारमा आएका ३०८ प्रकारका धितोपत्र मध्ये ५५ वटा धितोपत्रको सेयरमूल्य बढेको छ भने १८० वटाको मूल्य घटेको छ। जसमा बराही हाइड्रो र हिमालयन पावर पार्टनरको मूल्यमा १० प्रतिशतको बृद्धि देखिदा रिभरफल्स, न्यादी हाइड्रो धेरै कमाउनेको तेस्रो र चौथौँ स्थानमा छन्।

यता घट्नेमा भने आज सप्तकोशी डेभलपमेन्ट बैंक अगाडि छ। यो कम्पनीका मूल्य ९.२३ प्रतिशतले घटेको हो। यो बाहेक आज माया खोला, सामुदायिक लघुवित्त,जानकी र पोखरा फाइनान्स अगाडि देखिएका हुन्।

नेपाल राष्ट्रबैंकले ४ वटा बिकास बैंक र २ फाइनान्स कम्पनीको तरलता अवस्था बारे निगरानी बढाएको समाचार बाहिरिएपछि त्यसको प्रभाव तीन विकास बैंक र २ फाइनान्स कम्पनीहरूको सेयर मूल्यमा परेको हो।

बैंकले अनुसन्धान गरिरहेको सप्तकोशी डेभलपमेन्ट बैंकको आज सेयरमूल्य ९.२३ प्रतिशत,नारायणी डेभलपमेन्ट बैंकको ५.४६ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ३.०३ प्रतिशतले सेयरमूल्य घटेको छ। यस्तै पोखरा फाइनान्स र जानकी फाइनान्सको मूल्य पनि क्रमश ५.६० प्रतिशत र ६.०५ प्रतिशतले घटेको हो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad