नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई नियन्त्रणमा लिएसँगै अन्य कमजोर वासलात भएका विकास बैंक तथा फाइनान्स कम्पनीमा पनि निगरानी बढाएको छ।
बैकले ६ वटा कम्पनीको तरलता अवस्था विश्लेषण गर्न थालेको हो।
बैंकले नारायणी विकास बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंक र फाइनान्सतर्फ पोखरा फाइनान्स र जानकी फाइनान्सको तरलता अवस्था विश्लेषण गरिरहेको जनाएको छ।
पछिल्लो समय कमजोर वासलातलाई पनि लुकाएर वित्तिय विवरण सार्वजनिक गरेको भेटिएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमाथि कडा निगरानी गर्न थालेको छ।
यसअघि कर्णाली विकास बैंकले ४१ प्रतिशत रहेको खराब कर्जालाई लुकाएर ८ प्रतिशत मात्रै देखाएको थियो।
यसबाट झस्किएको राष्ट्र बैंकले कमजोर बैंक तथा फाइनान्स कम्पनीहरुको वित्तिय अवस्थामाथि निगरानी बढाएको हो।
राष्ट्र बैंकले ती कम्पनीहरुले गरेको लगानी र निक्षेपको बारेमा सोधखोज गर्न थालेको छ।
Shares

प्रतिक्रिया