अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो हलिउड हिल्ससम्म पुगेको छ, जसका कारण धेरै प्रसिद्ध ठाउँहरू खाली गराइँदै छ।

खाली गराइने स्थलमा डल्बी थिएटर, हलिउड बाउल आउटडोर एम्फीथिएटर र हलिउड वाक अफ फेम छन्।
डल्बी थिएटर त्यही ठाउँ हो, जहाँ एकेडेमी अवार्ड समारोह आयोजना गरिन्छ।
बीबीसीका अनुसार आगलागीका कारण हलिउड वरपरका सडकमा भागाभाग छ। धेरै मानिस झोला र सुटकेस बोकेर भाग्ने ठाउँ खोजिरहेका छन्।
आगलागी भएका सडकमा सवारी जाम भएको छ। यी सडकमा प्रतिष्ठित हलिउड बुलेभार्ड र हलिउड वाक अफ फेम पनि छन्।
आगलागीका कारण अहिलेसम्म ५ जनाको मृत्युसमेत भइसकेको छ।
366
Shares

प्रतिक्रिया