राजनीति


सहकारीहरूलाई ‘ठिक अवस्थामा छौँ’ भन्ने सन्देश दिन मन्त्री अधिकारीको आग्रह

सहकारीहरूलाई ‘ठिक अवस्थामा छौँ’ भन्ने सन्देश दिन मन्त्री अधिकारीको आग्रह

नेपालखबर
पुस २२, २०८१ सोमबार १५:३१, काठमाडौँ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिँजाइएका भ्रम चिर्न सहकारीहरूले आफूहरू ठिक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन्। उनले सहकारीबारे फैलाइएका हल्लाहरू मिथ्या मात्र हो भन्ने आधारमा अघि बढ्न जरुरी रहेको स्पष्ट पारे।

सबै सहकारीहरू एउटै तप्काका हुन् भन्ने भ्रम चिर्न सहकारीहरूले जनताको समस्या समाधान हुनेगरी कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले छिमेकी मुलुकहरूले कृषिमा गरेको कामको अनुशरण गरेर अघि बढ्न जरुरी रहेको बताए।

‘अहिले सहकारीको विषयमा विभिन्न खाले भ्रमहरू फैलिरहेको छ। हामी आफ्नो ठाउँमा ठिक छौं भन्ने सन्देश दियौं भने कसैको भ्रमले केही गर्दैन’ उनले भने, ‘अहिले सहकारीहरु सबै एउटै प्रकृतिका हुन्, एउटै खाले हुन्, सहकारी ठिक छैनन्, सहकारी अब चाहिँदैनन् भन्ने एउटा तप्का छ। जनताको समस्या समाधान गर्नको लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने भनेको सहकारी हो।’

उनले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नको लागि सरकारको मात्र मुख ताक्ने नभई सबैले आ—आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad