कारोबार


आजबाट आईपीओ निष्कासन गरेको गार्डियन माइक्रो लाइफको यस्तो छ वित्तीय सूचक

आजबाट आईपीओ निष्कासन गरेको गार्डियन माइक्रो लाइफको यस्तो छ वित्तीय सूचक

नेपालखबर
पुस २१, २०८१ आइतबार १४:३, काठमाडौँ

आजबाट सर्वसाधारणको लागि प्राथामिक सेयर निष्कासन गरेको गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सले १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि निष्कासनमा ल्याएको छ।

कम्पनीले सर्वसाधारणबाट १८ करोड ४५ लाख रुपैयाँ संकलन गर्न लागेको हो। प्रतिशेयर नेटवर्थ १००.५९ रुपैयाँ रहेको कम्पनीले सर्वसाधारणबाट पैसा उठाएर कम्पनीको चुक्तापुँजी बढाउनेछ।

कम्पनीको हाल चुक्ता पुँजी ५२ हजार ५० लाख रुपैयाँ छ। यो संस्थापक लगानीकर्ताबाट उठाइएको पुँजी हो। अब सर्वसाधारणबाट १८ करोड ४५ लाख र वैदेशिक रोजगारमा गएकाहरूबाट, कर्मचारीबाट र कर्मचारी तथा सामूहिक लगानीकोषबाट कुल २२ करोड ५० लाख रुपैयाँ संकलन गरेर चुक्तापुँजी ७५ करोड पुर्‍याउनेछ।

असार मसान्तसम्म कम्पनीले २७ लाख ५० हजार रुपैयाँ सञ्चित नाफा कमाएको छ। अघिल्लो वर्ष १५ लाख ८३ हजार मात्रै नाफा कमाएकोमा कम्पनीले गतवर्ष नाफा बढाएको थियो। आउने तीन वर्षभित्र कम्पनीले यस्तो नाफा २७ लाखबाट बढाएर २ करोड ७४ लाख पुर्‍याउने लक्ष्य लिएको छ। जसअनुसार कम्पनीले आव २०८१/८२ मा ८४ लाख १४ हजार, आव २०८२/८३ मा १ करोड ७१ लाख र आव २०८३/८४ मा २ करोड ७४ लाख रुपैयाँ पुर्‍याउने प्रक्षेपण गरेको हो।

यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ पनि अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्यले मात्रै बढेको छ। आव २०७९/८० मा १००.३४ रुपैयाँ रहेकोमा गतवर्ष १००.५९ रुपैयाँ पुगेको छ। आउने तीन वर्षमा प्रतिशेयर नेटवर्थ पनि बढेर १०४.११ रुपैयाँमा पुग्ने प्रक्षेपण छ।

प्रतिशेयर आम्दानी भने शून्यमै छ। गत आर्थिक वर्ष २०७९/८०मा ०.३४ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको यस कम्पनीको गत असार मसान्तमा आइपुग्दा घटेर ०.२५ रुपैयाँ कायम भएको छ। कम्पनीले आउने तीन वर्षमा प्रतिसेयर आम्दानी १.५४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।

वित्तीय सूचकका आधारमा लगानीका लागि यो कम्पनी मध्यजोखिमयुक्त मानिन्छ। रेटिङ कम्पनी केयर रेटिङ नेपाल लिमिटेडले साउन २३ गते माइनस बीबी प्रदान गरेको छ। जसले मध्यमखालको जोखिमयुक्त भन्ने जनाउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad