आज सुनचाँदीकै मूल्य बढेको छ। बुधबार प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि प्रतितोला पाँचसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चार दिनसम्म लगातार घटेको सुनको मूल्य हिजोदेखि बढ्न थालेको हो। प्रतितोला पाँचसय रुपैयाँ बढे। आज सुनको मूल्य एक लाख ५१ हजार पाँचसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य एक लाख ५१ हजार रुपैयाँ थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला२५ रुपैयाँ बढेर आज चाँदीको मूल्य एक हजार सातसय ९० रुपैयाँ कामय भएको छ। हिजो चाँदीको मूल्य एक हजार सातसय ६५ रुपैयाँ थियो।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।
Shares

प्रतिक्रिया