कारोबार


विज्ञापन संघको २५औँ वार्षिक साधारणसभा, विज्ञापन बजारलाई चलायमान बनाउने

विज्ञापन संघको २५औँ वार्षिक साधारणसभा, विज्ञापन बजारलाई चलायमान बनाउने

नेपालखबर
पुस १४, २०८१ आइतबार १६:५१, काठमाडौँ

नेपाल विज्ञापन संघले आफ्नो २५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

ताहाचलस्थित होटल हायात प्लेसमा बिहान पहिलो बन्द सत्र भएको हो।

त्यसमा संघको वर्तमान कार्यसमितिका तर्फबाट संघका महासचिव तथा कोषाध्यक्षबाट प्रस्तुत गरिएको छुट्टा–छुट्टै वार्षिक तथा आर्थिक तथा आगामी आर्थिक वर्षको कार्यक्रम र अनुमानित आयव्यय विवरणहरु बहुमतले पारित भएको संघले जनाएको छ। 

दोस्रो सत्रमा विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरु लगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराई स्टेईंग रेलिभेन्टः रिसेपिङ नेपाल्स एडभर्टाईजिङ ल्याण्डस्केप शीर्षकमा बृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो। 

विख्यात विज्ञापन उत्पादक, पत्रकार तथा प्रस्तुकर्ता भूषण दाहालको समन्वयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्शका कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्कर राज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्म राज भुषाल तथा नेपाल विज्ञापन संघका अध्यक्ष सुदिप थापाले आ– आफ्नो क्षेत्रको धारणा राखेका थिए। 

वरिष्ठ विज्ञापन व्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्षमा विज्ञापन तथा समग्र मिडिया उद्योगको वर्तमान अवस्थाको चित्रण गरेको कार्यक्रमको अन्तमा विज्ञापन व्यवसायी तथा मिडियाहरु समय सापेक्ष रुपमा परिष्कृत हुनुपर्ने, विज्ञापनदाताहरुले पनि विज्ञापनलाई खर्च भन्दा लगानीको रुपमा लिनुपर्ने र विज्ञापनले गर्दा मिडियाहरुलाई आर्थिक आत्मनिर्भर बनाउने हुँदा मिडियाहरुले पनि विज्ञापनदाता र लक्षित समूहलाई आकर्षक हुने सामाग्री प्रस्तुत गर्नुका साथै जनस्वास्थ स्वास्थ ऐन, क्लिन फिड नीतिलगायत विज्ञापनलाई बन्देज गर्ने कानुनहरुलाई समेत पुनर्विचार गर्न सम्बद्ध सबै पक्षहरुले आ–आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने निश्कर्ष र प्रतिबद्धतासहित सो कार्यक्रम समापन भएको संघले जनाएको छ।

तेस्रो सत्रमा वरिष्ठ सञ्चारकर्मीहरु यादव खरेल, भारती सिलवाल गिरी,  इमेज च्यानका अध्यक्ष आरके मानन्धर, कामना प्रकाशन समूहका संस्थापक अध्यक्ष स्व. पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका घनश्याम राजर्णिकारलाई नेपालको विज्ञापन उद्योग परिष्कृत गरिएको थियो। त्यसैगरी वर्षेनी एड फेष्टको अवसरमा थाईल्याण्डमा आयोजना हुने योंग लोटस वर्कशपमा सन् २०२४मा नेपालको प्रतिनिधित्व गरी अष्ट्रेलिया लगायत एसिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारहरुका प्रतिनिधिहरुबीच भएको प्रतिष्पर्धामा उत्कृष्ट पाँचभित्र पर्न सफल प्रसन्न श्रेष्ठ र साइष्मा घिमिरेलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad