कारोबार


राष्ट्र बैंकद्वारा ३ रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

राष्ट्र बैंकद्वारा ३ रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

नेपालखबर
पुस १२, २०८१ शुक्रबार १२:२१, काठमाडौँ

नेपाल राष्ट्रबैंकले एकैदिन तीनवटा रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेको छ। 

बैंकले इजाजत पत्र समयमा नविकरण नगरेको भन्दै नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोर्डन रेमिट्यान्स प्रालि र भाटभटेनी मनि ट्रान्सफरको इजाजतपत्र खारेज गरेको हो। 

नेपाल राष्ट्रबैंक विप्रेषण विनियमावली,२०७९ (प्रथम संशोधन) को विनियम १३ को उप विनिमय (५) बमोजिम लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ। 

उक्त उपविनियममा यदी इजाजत पत्र प्राप्त रेमिट्यान्स कम्पनीले इजाजतपत्रको म्यादभित्र नविकरण नगरेको खण्डमा सो कम्पनीको लाइसेन्स खारेज गर्ने व्यवस्थाा छ। 

सोही व्यवस्थाामा रहेको बैंकले तीन वटै रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरेको हो। खारेज भएका नमस्ते रेमिट इन्टरनेशनलको कार्यालय नयाँ बानेश्वरमा छ भने मोडर्न रेमिट्यान्स कमलपोखरी र भाटभटेनी मनि ट्रान्सफरको कार्यालय कान्तिपथ काठमाडौँमा रहेको छ।  

राष्ट्रबैंकले यी कम्पनीहरुसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम बाँकी रहेको भए ३५ दिन भित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित जानकारी दिन भनेको छ। लिखित जानकारी नआएको खण्डमा बैंकले तीनवटै कम्पनीहरुको बैंक जमानत फुकुवा गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad