गण्डकी


इजलासमा रविको बयान सुरु

इजलासमा रविको बयान सुरु

फाइल तस्बिर: रवि लामिछाने र जिल्ला अदालत कास्की


नेपालखबर
पुस ११, २०८१ बिहिबार १४:४४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जिल्ला अदालत कास्कीमा सुरु भएको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा प्रतिवादी बनाइएका लामिछानेको बयान बिहीबार दिउँसो सुरु भएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले बताए। 

यो मुद्दामा न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रक्रिया अगाडि बढेको हो। यसअघि सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिए पनि अदालतमा पुनः बयान भइरहेको हो। 

बिहीबार नै अर्की प्रतिवादी लीला पछाईंको बयान सकिएपछि रविको बयान सुरु भएको हो। लीलाअघि नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीको बयान सकिएको थियो। 

अब रामबहादुर खनाल र देवकुमार नेपालीको बयान गराउन बाँकी छ। उनीहरूको बयान शुक्रबारसम्ममा सक्ने अदालतको तयारी छ।

स्रेस्तेदार खनालले शुक्रबारसम्ममा बयान सक्ने तयारी भए पनि लामिछानेको बयान लामो भए आइतबार मात्रै बयान सकिने सम्भावना रहेको बताए।

सूर्यदर्शन सहकारी ठगीमा लामिछानेसहित ३१ जनालाई प्रतिवादी बनाइएको छ। सम्पत्ति शुद्धीकरणमा चार जना र क्रिप्टोको कसुरमा २ जनालाई प्रतिवादी बनाइएको छ। 

सहकारी ठगीमा उनीहरूविरुद्ध १ अर्ब ५१ करोड ४० लाख बढी बिगो कायम गरिएको छ। बयान सकिएपछि उनीहरूलाई थुनामा राख्ने कि थुनाबाहिर भनेर आदेश हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad