कारोबार


प्रभु बैंक र कामनपाबीच सहकार्य गर्ने सम्झौता

प्रभु बैंक र कामनपाबीच सहकार्य गर्ने सम्झौता

नेपालखबर
चैत ५, २०७६ बुधबार ७:२,

प्रभु बैंक लिमिटेड र काठमाण्डौ महानगरपालिकाबीच सहकार्य गर्ने सम्झौता भएको छ।

मंगलबार काठमाडौं महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजारस्थित आकाशेपुलमुनिको ट्राफिक आइल्याण्ड र तीनधारा संस्कृत पाठाशालाअगाडिको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने, मर्मतसम्भार गर्ने÷रेखदेख गर्ने सोको सञ्चालन तथा सहरी सौन्दर्यीकरण कामका लागि सम्झाैतापत्रमा हस्ताक्षर भएको हो।

काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाडौं महानगरपालिकाकातर्फबाट सहसचिव राजेश्वर ज्ञवालीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ।

नेपालभरिमा २०८ शाखा सञ्जाल, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ सेवा तथा १५८ एटीएम रहेको प्रभु बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्य गर्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad