कारोबार


पोखरामा पुस १३ गते ‘वर्ल्डलिंक कार्निभल’ हुने

पोखरामा पुस १३ गते ‘वर्ल्डलिंक कार्निभल’ हुने

नेपालखबर
पुस ८, २०८१ सोमबार २०:८, काठमाडौँ

इन्टनेट सेवा प्रदायक कम्पनी, वर्ल्डलिंकले पोखरामा भव्य ‘कार्निभल’को आयोजना गर्ने भएको छ।

यस कार्निभलमा विभिन्न प्रकारका फुड स्टलहरु, बाल‍बच्चाहरुको लागि खेलहरु, विभिन्न प्रकारमा रमाइला खेलहरु रहने वल्र्डलिंकले जनाएको छ।

यस कार्निभलको मुख्य आकर्षणको रुपमा, ‘द इलिमेन्टस्’ ब्यान्डको प्रस्तुती रहने तथा त्यसका साथै विभिन्न स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने छ।

चर्चित कार्यक्रम प्रस्तोता ‘सुजिता श्रेष्ठ’ द्वारा सञ्चालन गरिने यस कार्निभलमा चर्चित डिजे ‘डिजे एमी’को प्रस्तुती समेत रहने छ।

पोखराको, पामे, चङ्खपुरमा हुन गइरहेको ‘अन्तर्ष्ट्रिय बलुन फेस्टिभल’ को पाँचौ दिनमा हुन गइरहेको यस कार्निभल, पुस १३ गते (२८ डिसेम्बर) शनिबारको दिन बिहान ९ बजे बाट शुरु भइ बेलुकी ५ बजे सम्म रहने छ।

यस कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलहरु, ‘पबजी प्रतियोगिता’, तथा विभिन्न स्टलहरु रहने छन्।

साथै यसै कार्यक्रममा, ‘बिट द स्पीड’ को प्रतियोगिता समेत हुने वर्ल्डलिंकले जनाएको छ। त्यस प्रतियोगितामा, १४५ किमी प्रतिघण्टा भन्दा माथिको बलिङ्ग गर्न सफल भएमा एक प्रतियोगीले ‘आईफोन १६’ उपहार पाउन सक्नेछन्।

यस कार्निभलमा सहभागी हुन चाहनेहरूको सहजताको लागि वर्ल्डलिंकले पोखरामा पामे सम्मका लागि निशुल्क बस सेवा समेत प्रदान गर्ने भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad