चालू आर्थिक वर्षको पाँच महिनामा नेपालको निर्यात गत वर्षको सोही अवधिको तुलनामा १६.५४ प्रतिशतले बढेको छ।
गत वर्ष साउनदेखि मंसिरसम्म ६३ अर्ब २० करोड ७४ लाख ३५ हजारको निर्यात भएको थियो। यस वर्ष भने बढेर ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँ पुगेको छ।
निर्यातमा भएको यो ठूलो बढोत्तरी हो।
आयात पनि सो अवधिमा ३ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार गत वर्ष ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजारको आयात भएकामा अहिले ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजारको वस्तु आयात गरिएका छन्।
विभागका अनुसार व्यापारघाटामा पनि १.५२ प्रतिशतको वृद्धि देखिएको छ। गत वर्ष ५ खर्ब ७९ अर्ब १५ लाख २९ हजार रहेको व्यापारघाटा यस वर्ष ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रुपैयाँमा छ।
कुल वैदेशिक व्यापारमा ४.२१ प्रतिशत वृद्धि भएको विभागले उल्लेख गरेको छ। गत वर्ष ५ महिनामा नेपालले ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख ९८ हजारको व्यापार गरेकामा यस वर्ष ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजारको वस्तु आयातनिर्यात गरेको छ।
नेपालको आयातनिर्यात अनुपात ११.६१ प्रतिशतले ऋणात्मक छ।
Shares

प्रतिक्रिया