कारोबार


आईएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा विषेश छुट

आईएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा विषेश छुट

नेपालखबर
पुस २, २०८१ मंगलबार २१:५६, काठमाडौँ

डिजिटल वालेट ‘आईएमई पे’ले आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा २ हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

सेवाग्राहीहरुले यो क्यासब्याक सुविधा यही पुस ५ गतेसम्म प्राप्त गर्न सक्नेछन् भने पहिले सार्वजनिक भएको अफर अनुसार रु १००० छुट सुबिधा निरन्तर चलिरहने कम्पनीले जनाएको छ।
 
यो नयाँ सेवा मार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आइएमई पे एप मार्फत आफ्नोआईईएलटीएस परीक्षा शुल्क सहजै तिर्न सक्नेछन्। प्रयोगकर्ताहरुले आईईएलटीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस यूकेभीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल्स ए१,ए२,बी१ को निम्ती भुक्तानी गर्न सक्नेछन्।  
 
आइएमई पे एपबाट आईईएलटीएस टेस्टको मिति बुक गर्न र शुल्क भुक्तानी गर्न प्रयोगकर्ताहरुले एपको होमपेजमा ‘वाट्स निउ’ भागमा ‘आईईएलटीएस टेस्ट बुकिङ’ मा गइ सोधिएको विवरण भरेर गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad