मंसिर महिनामा घरजग्गाको १ लाख २८ हजार ३ सय ८२ कारोबार भएको छ।
१३२ मालपोत कार्यालयबाट ४३ हजार ३७९ लिखत पारित, ४ हजार ६९४ नामसारी, ९ हजार ९२ संशोधन, ३ हजार १४७ हालसाबिक, ३५ हजार १४६ रोक्का, २७ हजार ४९५ फुकुवा, ६३ वटा अपार्टमेन्टको लिखत पारित, १३६ जग्गा दर्ता, १ हजार ५६७ वटा दाखिल खारेज भएको हो।
त्यसैगरी ७५ वटा मोहियानी हक नामसारी, ३६९ वटा मोही लगत कट्टा, ९५ वटा जग्गा बाँडफाँट, २ हजार ५४२ वटा प्रतिलिपि प्रक्रिया, १२८ वटा गुठी अधीनस्थ जग्गाको लिखत पारित, ४० वटा गुठी अधीनस्थ जग्गाको नामसारी, ७ वटा गुठी अधीनस्थ जग्गाको दाखिल खारेज, ३७७ वटा गैरघर तथा जग्गासम्बन्धी लिखत पारित र १९ वटा आयोजना फिर्ताको लिखत कारोबार भएको हो।
त्यस्तै मासिक राजस्व संकलनतर्फ मंसिरभर कुल ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९ सय ७६ रुपैयाँ संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।
विभागका अनुसार यसमा सेवा कर, रजिस्ट्रेसन दस्तुर, अतिरिक्त शुल्क, डोर सुविधा शुल्क, पुँजीगत लाभ कर, विलम्ब शुल्क, मुख्यमन्त्री स्वच्छता कोष शुल्क लगायत समावेश छन्।
Shares

प्रतिक्रिया