जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश तहदेखि जिल्ला र स्थानीय तहसम्मको अधिवेशनका लागि कार्यतालिका तय गरेको छ।
मंसिर २८ र २९ गते अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र स्थानीय तहको अधिवेशनको कार्यतालिका तय गरेको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
पार्टीसम्बद्ध भ्रातृसंगठनहरुलाई अधिवेशन सम्पन्न गर्नको लागि २०८२ बैशाख मसान्तसम्मको समयसीमा तोकिएको उनले बताए।अधिवेशन सम्पन्न गर्न नसक्ने भ्रातृसंगठनका केन्द्रीय समितिलाई भंग गरी नयाँ प्रक्रियाबाट कार्यको थालनी गरिने बताइएको छ।
Shares

प्रतिक्रिया