सरकारले चालु आर्थिक वर्षका ५ महिनामा ३ खर्ब ९९ अर्ब रुपैयाँ संकलन गरेको छ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार यस अवधिमा वार्षिक लक्ष्यको २८.१५ प्रतिशत राजस्व संकलन भएको हो।
चालु आर्थिक वर्षमा १४ अर्ब १९ अर्ब रुपैयाँको राजस्व उठाउने लक्ष्य छ। गत आर्थिक वर्षको ५ महिनामा राजस्व लक्ष्यको २५.५५ प्रतिशत पूरा हुँदा यसपालि केही बढेको कार्यालयको भनाइ छ।
गत वर्ष १४ खर्ब २२ अर्ब रुपैयाँ कुल लक्ष्यमध्ये यसै अवधिमा ३ खर्ब ६३ अर्ब रुपैयाँ कर उठेको थियो।
यस्तै, ५ महिनामा खर्च २९.८९ प्रतिशत पुगेको छ। १८ खर्ब ६० अर्ब रुपैयाँको बजेटमा ५ खर्ब ५६ अर्ब रुपैयाँ खर्च गरिसकेको छ। यसमा पुँजीगततर्फ ११.५८ प्रतिशत खर्च भएको छ।
गत वर्षको खर्च हेर्दा यस अवधिमा २५.८७ प्रतिशत भएको थियो। कुल १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याउँदा ५ महिनामा ४ खर्ब ५२ अर्ब रुपैयाँ गरेको थियो। त्यसमा पुँजीगततर्फ ३ खर्ब २ अर्बको बजेट हुँदा ११ प्रतिशत मात्रै खर्च भएको महालेखा नियन्त्रकको कार्यलयले उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया