कारोबार


शुक्रबार १२ सय घटेको सुनको मूल्यमा आज पनि व्यापक गिरावट, चाँदी पनि सस्तियो

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?
शुक्रबार १२ सय घटेको सुनको मूल्यमा आज पनि व्यापक गिरावट, चाँदी पनि सस्तियो

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १०:३७, काठमाडौँ

गएको शुक्रबार घटेको सुनको मूल्यमा आज पनि व्यापक गिरावट आएको छ। 

गतसाता चार हजार पाँचसय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार दुईसय रुपैयाँ घटेको हो। 

गएको शुक्रबार पनि सुन एक हजार दुईसय रुपैयाँ घटेको थियो।

सुनको मूल्य आज तोलाको एक लाख ५० हजार आठसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

गएको शुक्रबार सुनको मूल्य एक लाख ५३ हजार रुपैयाँ थियो। गएको सोमबार तोलामा चारसय, मंगलबार दुई हजार एकसय र बुधार दुई हजार रुपैयाँ बढेको सुनको भाउ बिहीबार स्थिर थियो। शुक्रबार प्रतितोला १२ सय रुपैयाँ घटेको थियो। 

आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेको छ।

गएको शुक्रबार एक हजार आठसय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज एक हजार आठसय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य एक हजार आठसय ६० थियो।

तीन साताअघि सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad