कारोबार


प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, ग्राहकलाई बोनस

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, ग्राहकलाई बोनस

नेपालखबर
मंसिर २९, २०८१ शनिबार १७:०, काठमाडौँ

एनसेलले एक विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर संचालनमा ल्याएको छ।

यो योजनाले प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकलाई प्रत्येक शनिबार डेटा वा भ्वाइस टक टाइम बोनस प्रदान गर्ने कम्पनीले जनाएको छ। शनिबारका दिन मात्र उपलब्ध हुने यो अफरले ग्राहकलाई बिना कुनै अतिरिक्त शुल्क थप सेवा प्रदान गर्दछ।

मंसिर २२ बाट संचालनमा आएको यो अफर पुस १३ सम्म लागू रहनेछ र यो अवधिको हरेक शनिबार ग्राहकहरुले सधैं अनका निश्चित प्याकहरु र अनलिमिटेड डेटा प्याकहरूको खरिदमा बोनस डेटा वा भ्वाइस टक टाइमको फाइदा लिन सक्छन्। प्याकको आधारमा, ग्राहकहरूले १ जीबीदेखि १० जीबी डेटा वा १० देखि १०० मिनेटसम्मको अननेट टक टाइम बोनसको रूपमा प्राप्त गर्दछन्।

यो अफरको फाइदा लिनको लागि, ग्राहकहरूले आफ्नो डिभाइसमा एनसेल एप रहेको हुनु पर्दछ। यदि एप नभएको खण्डमा डाउनलोड गरि ग्राहकले आफ्नो एनसेल नम्बर प्रयोग गरेर लग इन वा साइन अप गर्नु पर्दछ।

प्रत्येक शनिबार, ग्राहकहरूले एनसेल एपको फ्ल्याश सेल्स सेक्सनमा गई सधैं अन वा अनलिमिटेड डेटा प्याकहरू खरिद गर्न सक्छन् र खरिद पश्चाल तत्काल बोनस डेटा वा टक टाइम प्राप्त गर्न सक्छन्। यो अफर सधैं अनका रु ३९९ देखि रु ९९९ सम्मका प्याकहरु र रु ५०, रु १२५ र रु ९९९ का अनलिमिटेड डेटा प्याकहरुमा उपलब्ध रहेको छन्।

प्याक सुचारु भएसँगै ग्राहकले बोनस डेटा र टक टाइम प्राप्त गर्दछन्। उदाहरणका लागि रु ३९९ को सधैं अन खरिद गर्ने ग्राहकले प्याकमा पाइने (८ जीबी डेटा, ३९९ मिनेट टक टाइम र ३९ वटा एसएमएस) सेवा बाहेक थप १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन्।

त्यस्तैगरी, अनलिमिटेड डेटा प्याक खरिद गर्ने ग्राहकले पनि बोनस टक टाइम प्राप्त गर्दछन्। जस्तै ३ दिनको समयसिमा रहेको रु १२५ पर्ने अनलिमिटेड डेटा प्याकको खरिदमा ग्राहकले २० मिनेट अननेट टक टाइम बोनस प्राप्त गर्दछन्।

यो अफरले बिना कुनै अतिरिक्त शुल्क थप सेवा बोनसका रुपमा प्रदान गर्ने र ग्राहकलाई डिजिटल बन्न सहयोग गर्ने भएकोले यसले विशेष महत्व राख्ने एनसेलले जनाएको छ। सधैं अन प्याक खरिद गर्ने ग्राहकले एनसेल एपको माध्यमबाट आफ्नो बाँकी डेटालाई भ्वाइसमा वा बाँकी भ्वाइसलाई डेटासँग साट्न सक्ने विशेष सुविधा पनि प्रदान गर्दै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad