कारोबार


४ खर्ब डलर बढी सम्पत्तिको मालिक हुने पहिलो व्यक्ति बने इलोन मस्क

४ खर्ब डलर बढी सम्पत्तिको मालिक हुने पहिलो व्यक्ति बने इलोन मस्क

नेपालखबर
मंसिर २७, २०८१ बिहिबार १८:५, काठमाडौँ

विश्व धनाढ्य व्यक्ति इलोन मस्क ४ खर्ब अमेरिकी डलर बढी सम्पत्तिको मालिक हुने पहिलो व्यक्ति बनेका छन्। 

ब्लुमबर्ग अर्बपति सूचकांकका अनुसार बिहीबार उनको सम्पत्ति ४ खर्ब ४७ अर्ब अमेरिकी डलर पुगेको हो। पछिल्लोपटक मात्रै उनको सम्पत्ति ६६ अर्ब ८० करोड अमेरिकी डलरले बढेको छ। वर्षगत तुलनामा यो २ खर्ब १८ अर्ब अमेरिकी डलरको बढोत्तरी हो। 

मस्कबाहेक यो संसारमा अरु कोही पनि ४ खर्ब अमेरिकी डलर बढीको मालिक हुनसकेका छैनन्। 

उनीपछिका धनाढ्य जेफ बेजोसको सम्पत्ति २ खर्ब ४९ अर्ब अमेरिकी डलर छ भने तेस्रो स्थानमा रहेका मार्क जकरबर्गको सम्पत्ति २ खर्ब २४ अर्ब अमेरिकी डलर छ। 

चौथो नम्बरमा भने १ खर्ब ९८ अर्ब डलरसहित ल्यारी एलिसन छन्। उनीपछि पाँचौँ नम्बरमा बर्नार्ड आर्नो छन्। उनको सम्पत्ति १ खर्ब ८१ अर्ब अमेरिकी डलर छ। 

ब्लुमबर्ग अर्बपति सूचकांक

सीएनएनका अनुसार मस्कको रकेट कम्पनी स्पेस एक्सको बजार मूल्यांकन बढेर झण्डै साढे ३ अर्ब अमेरिकी डलर पुगेको छ। स्पेस एक्स र यसका लगानीकर्ताले १ अर्ब २५ करोड डलरबराबरको सेयर किन्न राजी भएका छन्। 

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनपछि मस्कको सम्पत्ति बढेको बढ्यै छ। निर्वाचनमा मस्कले समर्थन गरेका रिपब्लिकन उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad