कामना सेवा विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं १७ स्थित ग्वार्कोमा गत फागुन २९ गते आफ्नो १२३औ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ।
ललितपुर महानगरपालिका वडा नं १७ का अध्यक्ष विनोद महर्जन तथा बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन्।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारे बताएका थिए।
बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने जनाएको छ।
प्रतिक्रिया