कारोबार


काठमाडौंमा पहिलो भारत–नेपाल पर्यटन मार्ट, सीमापार पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौंमा पहिलो भारत–नेपाल पर्यटन मार्ट, सीमापार पर्यटन प्रवर्द्धनमा जोड

नेपालखबर
मंसिर २६, २०८१ बुधबार १३:४६, काठमाडौँ

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा भारतीय राजदूतावासले काठमाडौंमा पहिलो भारत–नेपाल पर्यटन मार्ट सम्पन्न गरेको छ। 

भारतको उत्तर प्रदेशको प्रयागराजमा २०२५ मा आयोजना हुने महाकुम्भ २०२५ को प्रवर्द्धन र नेपाल-भारत सर्किट पर्यटनको कार्यान्वयनलाई बढावा दिन बीटुबी सेसनहरु आयोजना गरिएको थियो। 

सो अवसरमा भारतका १३ प्रतिनिधि र नेपालका १२० जना टुर अपरेटरहरूको सहभागिता थियो। 

बीटुबी तथा समापन समारोहमा विशेष गरी स्थलमार्गबाट सीमापार पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो। 

दुवै पक्षका टुर अपरेटरहरूले रामायण र बुद्ध सर्किटको सन्दर्भमा दुवै पक्षका आगन्तुकहरूको लागि सम्भावित यात्रा योजनाहरूबारे छलफल गरेका थिए। 

मार्ट समापनको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले सीमापार पर्यटन तथा स्थलमार्गबाट नेपाल आउने पर्यटकहरुमा भारतीय पर्यटकको ठूलो योगदान रहेको बताए। 

 उनले प्रकारका कार्यक्रमले दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने उल्लेख गर्दै कार्यक्रको निरन्तरताको लागि आग्रह  गरे।

भारतीय दूतावासका चार्ज डे एफियर्स प्रसन्न श्रीवास्तवले भारतीय दूतावासले नेपाल र भारतका छिमेकी राज्यहरूमा रहेका धार्मिक तथा सांस्कृतिक परिपथहरूको भौतिक तथा डिजिटल कनेक्टिभिटीमा जोड दिएको बताए।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूको सबैभन्दा ठूलो स्रोत भारत भएको उल्लेख गर्दै पर्यटन बोर्डले समेत नेपाल–भारत पर्यटन प्रवर्द्धनका लागि विभिन्न पहलहरु तथा प्याकेजहरु तयार गर्ने गरेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad