बागमती


काठमाडौँ महानगर क्षेत्रभित्र खुला रूपमा फोहोरमैला जलाए कारबाही

काठमाडौँ महानगर क्षेत्रभित्र खुला रूपमा फोहोरमैला जलाए कारबाही

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०८१ बुधबार १३:४७, काठमाडौँ

काठमाडौँ महानगर क्षेत्रभित्र खुला रूपमा फोहोरमैला जलाउन कारबाही हुने भएको छ। 

काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले ‘अत्यन्तै जरुरी सूचना’ जारी गरी खुला रूपमा फोहोरमैला बाल्न निषेध गरिएको जानकारी गराएको हो।

खुला रूपमा प्लास्टिकजन्य फोहोरमैला तथा अन्य फोहोर जलाउँदा वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा असर पर्ने भएकाले यसमा प्रतिबन्ध लगाइएको महानगरपालिकाले जनाएको छ।

चेतावनी दिँदै सूचनमा अगाडि भनिएको छ- यस्ता कार्यहरू कहीँ कतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०५१ बमोजिम कारबाही हुने बेहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad