सेयरबजार आज घटेको छ।
बजार परिसूचक नेप्से ४५.९३ अंकले घटेर २६८९ विन्दुमा आइपुगेको हो।
यस दिन कुल १ करोड ७३ लाख कित्ता सेयर बिक्री हुँदा ७ अर्ब ४६ करोडको कारोबार भएको छ।
आइतबारको कारोबारमा २७ वटा सेयर बढे पनि २१४ वटाको मूल्य घटेको छ। ३ वटाको भने बिहीबारकै मूल्यमा कारोबार भएको छ।
आज खानीखोला हाइड्रोका सेयरधनीले प्रतिकित्ता ४२.८० रुपैयाँ अर्थात् ९.९८ प्रतिशत आम्दानी गरे। बाँकी कम्पनीको ८ प्रतिशतसम्मले सेयर बढेको छ।
तर आज ३ वटा कम्पनीको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। यस दिन मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन र जोशी हाइड्रोको सेयर १० प्रतिशतले घटेको हो।
कारोबारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३२ करोड, नेपाल फाइनान्सको १५ करोड ६८ लाख, रिभर फल्स पावरको १५ करोड ६५ लाख, खानीखोला हाइड्रोको १३ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया