कारोबार


अर्थमन्त्रीले निर्माण व्यवसायीलाई भने : विरोध गरेर देश निर्माणको अभिभारा पूरा हुँदैन

अर्थमन्त्रीले निर्माण व्यवसायीलाई भने : विरोध गरेर देश निर्माणको अभिभारा पूरा हुँदैन

नेपालखबर
मंसिर २२, २०८१ शनिबार १९:३२, काठमाडौँ

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायी र सरकारका बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताएका छन्।

शनिवार काठमाडौंमा विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले सरकार र निर्माण व्यवसायीहरुका बीचमा हामीले कस्तो सम्बन्ध चाहेको हो? भन्दै प्रश्न गरे। उनले एकले अर्काको बिरोध गरेर देश निर्माणको अभिभारा पूरा हुन नसक्ने बताए। उनले निर्माण व्यवसायी र सरकारबीचको साझा अभिभारा देश निर्माण भएको बताए।

सरकार र निर्माण व्यवसायी बीचको सम्बन्ध ट्रयाक भन्दा बाहिर जान दिनु नहुने बताए। उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले वास्तविकतालाई बुझेर अघि बढ्न जरुरी रहेको बताए। उनले बजेट वितरणमा धेरै समस्या रहेको बताए।

बिना अध्ययन र तयारीका आयोजनाहरुबाट देश बन्न नसक्ने बताए। बजेट वितरण प्रणालीमा निर्णायक सुधारको जरुरी रहेको उल्लेख गरे।

उनले भने, ‘राष्ट्र निर्माणको वृहत अभिलाषा पूरा गर्नको निम्ति हामी फरक फरक ठाउँमा छौँ र फरक फरक ठाउँमा रहेर राष्ट्र निर्माणको अभिभारा पूरा गर्दैछौँ। व्यवसायी र सरकारका बीचको सम्बन्ध नङ र मासुको जस्तो सम्बन्ध हो। पानी र माछाको जस्तो सम्बन्ध हो। ढुंगा र माटोको जस्तो सम्बन्ध हो। यस रुपमा हाम्रो बीचको सम्बन्ध बुझ्नुपर्छ।’

कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले हालै मात्र केही सिमेन्ट कम्पनीहरुले सिमेन्टको मूल्यमा २ सय रुपैयाँ वृद्धि गरेको भन्दै आपत्ति जनाए।

उनले अन्तर्राष्ट्रिय स्तरमा कुनै कुराको मूल्य वृद्धि नभएको तर बजारमा सिमेन्टको मूल्य वृद्धिका काराण् भौतिक पूर्वाधार र विकास निर्माणको क्षेत्रमा समस्या भएको बताए।

सरकार यस विषयमा मुकदर्शक बन्न नहुने र सरकारले के कारणले एक महिनामा दुई सय रुपैयाँ मूल्य वृद्धि भयो भन्नेबारेमा जिम्मेवार भइ सिमेन्ट उद्योगीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

अध्यक्ष सिंहले चिनियाँ निर्माण कम्पनीहरुले नेपालको ऐन, कानूनका कारण विकास निर्माणमा बाधा पुगिरहेको गुनासो गरेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad