ad ad

कारोबार


काेराेना महामारीबाट अर्थतन्त्र जोगाउन अमेरिकाले घटायो ब्याजदर

काेराेना महामारीबाट अर्थतन्त्र जोगाउन अमेरिकाले घटायो ब्याजदर

नेपालखबर
चैत ३, २०७६ सोमबार ७:५,

अमेरिकी केन्द्रीय बैंकिङ प्रणाली फेडेरल रिजर्भले आइतबार ब्याजदर शून्यमा झारेको छ। अमेरिकी मिडियाहरुका अनुसार फेडले कोरोना भाइरसको प्रभावबाट अर्थतन्त्र जोगाउन उक्त निर्णय लिइएको हो।

फेडको निर्णयसँगै शून्य दशमलव २५ प्रतिशतमा ब्याजदर निर्धारण गरिएको छ। वित्तीय प्रणालीलाई अस्थिर हुनबाट जोगाउन फेडले यस्तो निर्णय गरेको हो।

एक दशकअघि विश्व वित्तीय संकटका बेला पनि यसैगरी ब्याजदर न्यून विन्दुमा झारिएको थियो। फेडको बोर्डमा रहेका गभर्नरहरुले गत हप्ता कोरोना भाइरस महामारीलाई लिएर बैठक बसेका थिए। गत मार्च ३ मा पनि अमेरिकाले ब्याजदर कटौती गरेको थियो। गत हप्ता मात्रै अमेरिकी सेयरबजारमा ११ वर्षयताकै गिरावट आएको थियो।

फेडको निर्णयसँगै सेयरबजारमा पुनः गिरावट आएको बताइएको छ। फेड प्रमुख जेरेमी पावेलले आर्थिक गतिविधिलाई यसले जारी राख्न मद्दत गर्ने दाबी गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ब्याजदर कटौती नगरेको भन्दै पावेलको आलोचना गर्दै आएका थिए।

ब्याजदर कटौतीसँगै फेडले ७ खर्ब डलरको ट्रेजरी बन्ड खरिद गर्न सक्ने जनाएको छ। साथै फेडले पाँचवटा विदेशी केन्द्रीय बैंकहरुसँग ब्याजदर न्यून गर्ने सम्झौता समेत गरेको छ। क्यानडा, बेलायत, जापान, ईयू र स्विट्जरल्यान्डको केन्द्रीय बैंकहरुसँग यस्तो सम्झौता गरेको सीएनएनले जनाएको छ। 

कोरोनाको विश्वव्यापी प्रभावबीच अमेरिकी अर्थतन्त्र भने बलियो रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .