कारोबार


अभ्नीमार्फत फोहोर व्यवस्थापनमा खटिएकी शिलशिला, जो बीबीसीको सय प्रभावशाली महिलामा परिन्

अभ्नीमार्फत फोहोर व्यवस्थापनमा खटिएकी शिलशिला, जो बीबीसीको सय प्रभावशाली महिलामा परिन्

नेपालखबर
मंसिर १९, २०८१ बुधबार १२:१७, काठमाडौँ

बागलुङमा जन्मिएकी शिलशिला आचार्यले सन् २०२४ को लागि बीबीसी १०० प्रभावशाली महिलामा सूचीकृत हुन सफल भएकी छिन्। 

बीबीसीले मंगलबार उनीसहित विश्वका विभिन्न देशबाट एक सय प्रभावशाली महिलाको सूची निकालेको हो। 

सूचीमा आचार्य पर्यावरणीय उद्यमीतर्फ समेटिएकी हुन्। 

नर्वेको बर्गन विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी शिलशिलाले सन् २०१४ मा प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्दै उनले ‘म बोक्छु आफ्नै झोला’ नारासहित प्लास्टिक प्रयोग रोक्न अभियान नै सञ्चालन गरेकी थिइन्। 

उनले २०२१ मा डेढ करोड लगानीमा काठमाडौंको टोखामा अभ्नी भेन्चर्स सञ्चालनमा ल्याएकी छिन्।

प्लास्टिकजन्य नकुहिने फोहोरलाई रिसाइकल गरी पुनः प्रयोगमा ल्याउने तथा फोहोर व्यवस्थापन गर्ने कम्पनी अभ्नी भेन्चर्स सञ्चालनमा ल्याएकी हुन्। 

देशभरका २६ फोहोर संकलन केन्द्रमार्फत जम्मा भएको फोहोरलाई व्यवस्थापन गर्दै पुनः प्रशोधन गरी प्रयोगमा ल्याउन उनी सक्रिय छन्। 

उनी अभ्नी कम्पनीकी संस्थापक तथा निर्देशक पनि हुन्। 

‘फोहोर व्यवस्थापनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता धेरै हुन्छ। उहाँहरुलाई व्यवस्थित रुपमा जागिर दिँदा आर्थिक स्थितिमा पनि सुधार आउँछ’, उनले भनिन्, ‘फोहोर व्यवस्थापनले वातावरणलाई मात्रै सुधार गर्दैन, आर्थिक स्थिति पनि बलियो बनाउन सकिन्छ।’ 

सन् २०१९ मा नेपाल आर्मी, शेर्पा अभियन्तासहितको टिमले धौलागिरि हिमालबाट झण्डै ११९ टन प्लास्टिकजन्य फोहोर संकलन गरेको थियो। जुन फोहोरको व्यवस्थापन पनि आचार्यको अभ्नी भेन्चर्सले गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad